ललितपुर- ललितपुरको नागबहालमा एक जना जर्मन नागरिक मृत फेला परेकी छन्।
सोमबार बिहान नागबहालस्थित अपार्टमेन्टमा ती महिला मृत भेटिएको जिल्ला प्रहरी परिसर ललितपुर जानकारी दिएको छ।
मृतक महिलाको सनाखत हुन बाँकी छ। उनी एक वर्षयता अपार्टमेन्टमा बस्दै आएको खुलेको छ।
महिलाको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
