२०८३ कार्तिक २३ गते आईतबार

नेपालगञ्ज-कैलाश मानसरोवर ‘माउण्टेन फ्लाइट’ सुरु

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ १६
nepalgunj airport

नेपालगञ्ज- नेपालगञ्जबाट कैलाश मानसरोवरसम्मका लागि हिमाली उडान ‘माउण्टेन फ्लाइट’ सुरु भएको छ। विभिन्न पर्यटन व्यवसायसँग सम्बन्धित सङ्घसंस्थाको पहलमा दुई दिनअघि गर्ने भनिएको उडान सोमबार सम्भव भएको हो। अत्यधिक चिसो र बाक्लो हुस्सुका कारण ‘भिजीबिलीटी’ कमहुँदा गत शनिबार उडान भएको थिएन।

पर्यटन व्यवसायी केशव न्यौपानेले भारतीय पर्यटकसहितको हिमाली उडानले नेपालगञ्जको खस्कँदो व्यवसायलाई राहत मिल्ने र पर्यटनको क्षेत्रमा चिनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

उनले भने, ‘याममा भारतीय पर्यटकका लागि कम्तीमा एउटा उडान भयो भने पनि त्यसले पर्यटकीय चहलपहल बढाउन मद्दत पुग्छ।’ उडानबाट कैलाश मानसरोवर जाँदा त्यहाँको आर्कषक दृश्यले पर्यटकलाई लोभ्याउने गरेको उनको भनाइ छ। पर्यटन व्यवसायी डा ओम मिश्रले लामो समयको प्रयासपछि हिमाली उडान सुरु भएकामा खुसी व्यक्त गर्दै नेपालगञ्ज पर्यटकीय गन्तव्यका रूपमा स्थापित भएको बताए।

उनले भने, ‘यहाँको पर्यटनमा कायापलट भएको छ र यो सहर पर्यटकीय सहरका रूपमा परिणत भएको छ।’

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाटा), बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले उडानको सफलतासँगै आर्थिकरूपमा नेपालगञ्जको भविष्य जोडिएको बताए।

उनले यहाँको पर्यटन प्रवर्द्धनका लागि कायापलट हुने उल्लेख गर्दै नेपालगञ्ज–पोखराको उडानलाई प्रभावकारी बनाउन आग्रह गरे। अर्का पर्यटन व्यवसायी विकास मिश्रले कैलाश मानसरोवरका लागि आफूले सकेजति योगदान गर्ने आश्वासन दिँदै कम खर्चमा मानसरोवर पुग्न पाएकामा भारतीय नागरिक खुसी भएका बताए।

उनले भने, ‘कैलाश पर्वत घुम्नका लागि यो एउटा महत्त्वपूर्ण अवसर हो।’ होटल व्यवसायी पुनम भुसालले भने, ‘यसले हाम्रो पर्यटन उद्योगलाई फस्टाउन सहयोग गर्ने छ।’ पहिलो दिन मानसरोवर गएर बसेर भोलिपल्ट कैलाशको दर्शन गर्न सकिने बताइएको छ।

प्रकाशित: २०८० माघ १६ गते मङ्गलबार ०६:५६
प्रतिक्रिया

थप समाचार

आज लक्ष्मीपूजा, धनधान्यकी देवी लक्ष्मीको आराधना गरिँदै

काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज कार्तिक कृष्ण औँसीका दिन घरघरमा धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा मनाइँदैछ । लक्ष्मीपूजाका दिन घर, आँगन तथा पसलहरू...

आज कुकुर तिहार, कुकुरलाई पूजा गरी मीठा परिकार खुवाएर मनाइँदै

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज कुकुर तिहार मनाइँदैछ। कुकुरलाई यमराजको दूत तथा मानिसको विश्वासिलो साथीका रूपमा सम्मान गर्दै आज देशभर पूजा गरेर कुकुर तिहार मनाउन लागिएको हो। हिन्दू...

बैंकिङ ठगीबाट बच्न तिहारमा अपनाउनुपर्ने सावधानी

कारोबार सहज र छिटो भए पनि यही समयमा डिजिटल माध्यमबाट हुने वित्तीय ठगी तथा बैंकिङ कसुरको जोखिम पनि बढ्न सक्छ।

हेटौँडामा तिहारलक्षित मेला, स्थानीय उत्पादनको प्रवर्द्धनमा जोड

तिहार सुरु भएसँगै बजारमा किनमेलको चहलपहल बढेको छ। यही अवसरमा स्थानीय उद्यमीले उत्पादन गरेका सामग्रीको प्रवर्द्धन तथा बजारीकरण गर्ने उद्देश्यले मकवानपुरको हेटौँडामा तिहारलक्षित मेला आयोजना...

तिहारमा पैसाको व्यवस्थापन कसरी गर्ने? आम्दानी र खर्च सन्तुलित राख्ने ७ उपाय

विशेषगरी निश्चित आम्दानी भएका कर्मचारी, व्यवसायी, विद्यार्थी तथा गृहिणीले चाडपर्वको समयमा आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक हुन्छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना