काठमाडौँ- सर्वोच्च अदालतले निलम्बित न्यायाधीश भुवन गिरीविरुद्ध दायर भएको वैवाहिक बलात्कार मुद्दामा उच्च अदालत पाटनले गरेको आदेशको मिसिल झिकाउने आदेश गरेको छ।
कायममुकाम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा र न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासले बुधबार मिसिल झिकाउने आदेश गरेको हो।
रुपन्देही जिल्ला अदालतका तत्कालीन न्यायाधीश गिरीविरुद्ध वैवाहिक बलात्कार मुद्दामा उच्च अदालतले थुनामा राख्न नपर्ने आदेश भएको थियो।
त्यसअघि नै उक्त विवादमा काठमाडौँ जिल्ला अदालतले भुवनलाई धरौटीमा रिहा गर्न आदेश भएको थियो।
सोही आदेशविरुद्ध भुवनकी श्रीमती आरतीले उच्च अदालत पाटनमा निवेदन दायर गरेका थिइन्।
उच्च अदालत पाटनले काठमाडौँ जिल्ला अदालतकै आदेश सदर गरेपछि गिरीकी श्रीमती सर्वोच्च अदालत पुगेकी थिइन्।


