काठमाडौँ- जाजरकोटका भूकम्प पीडितले आगो तापेर रात कटाउने गरेका छन्। गत कात्तिक १७ गते गएको भूकम्पले आवास भत्काएपछि त्रिपालमुनि बसेका पीडित चिसोको समयमा आगो तापेर रात कटाउन बाध्य भएका छन्।
भूकम्पले क्षति पुर्याएको ३ महिना बितिसक्दा पनि पीडितले अझै अस्थायी आवास पाएका छैनन्। त्रिपालकै बसोबासले कतिपय भूकम्पपीडित बिरामीसमेत बनेका छन्। चिसोका कारण जाजरकोटमा ३१ जना र रुकुमपश्चिममा ५ गरी ३६ जनाको मृत्यु भइसकेको छ।
त्रिपालमुनि भुइँको चिसो र शीतले सुत्केरी महिला, बालबालिका र दीर्घरोगी वृद्धवृद्धा समस्यामा परेका छन्। बारेकोट केन्द्रबिन्दु भएर कात्तिक १७ गते मध्यरातमा गएको ६.४ रेक्टरको भूकम्पले जाजरकोट र रुकुमपश्चिममा मानवीय र भौतिक क्षति पुगेको थियो।


