काठमाडौं– बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सीजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुरलाई पक्राउ गरेको छ। सीआईबीले आजै व्यवसायी अरुण चौधरी र कारखानाका तत्कालिन कार्यकारी प्रमुख अजितनारायण थापालाई पनि पक्राउ गरेको थियो।
कारखानाको १० रोपनी जग्गा सीजी चाँदबाग कम्पनीको नाममा सारेर हिनामिना गरेको आरोपमा अनुसन्धानका लागि ठाकुरलाई पक्राउ गरेको सीआईबीले जनाएको छ। चौधरी र थापालाई बिहीबार नै हिरासतमा राख्ने अनुमति लिन जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।


