काठमाडौँ- प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बिहीबार पक्राउ गरेका व्यापारी अरुण चौधरी र अजितनारायण थापालाई ४ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ।
पक्राउपछि काठमाडौँ जिल्ला अदालत पुर्याइएका उनीहरूलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएको सीआईबी स्रोतले जानकारी दिएको छ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनीहरूलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
थापा बाँसबारी छालाजुत्ता उद्योगका तत्कालीन कार्यकारी प्रमुख हुन्।
दुवै जनामाथि कीर्ते र ठगीको कसुरमा अनुसन्धान गर्ने तयारी सीआईबीले गरेको छ।
सीआईबीले सुरुमा चौधरी र थापालाई पक्राउ गरेर हिरासतमा लिएको थियो।
यही प्रकरणमा सीजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुरलाई पनि प्रहरीले पक्राउ गरेको छ।

अजितनारायण थापा।












