काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) तीन महिना अनुसन्धान गरेपछि मात्र बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा तीन जनालाई पक्राउ गरेको बताएको छ। शुक्रबार सीआईबीले पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो।
सीआईबीले बिहीबार व्यवसायी अरुण चौधरी, तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाका कार्यकारी निर्देशक अजित नारायण थापालाई पक्राउ गरेको छ।
प्रहरीले हठात् उद्यमीहरुलाई पक्राउ गरेर निजी क्षेत्रमाथिको आक्रमणलाई निरन्तरता दिएको आरोप लगाएको निजी क्षेत्रका छाता संस्थाहरूले बताएका छन्।
कारखानाको जग्गा हडप्नकै लागि अरुण चौधरीसमेतले तत्कालीन छालाजुत्ता कारखानासँग सम्झौता गरेको थियो। ‘बाँसबारीका छालाजुत्ताको जग्गा लिने उद्देश्यले कम्पनी खोल्नेलगायतका काम गरिएको देखिन्छ,’ सीआईबीले भनेको छ।
चौधरीसमेतको लगानी भएको कम्पनी च्याम्पियन फुटवेयर दर्ता गराई छालाजुत्ता कारखानासँग सम्झौता गरेको थियो। २०४३ भदौ १० गते च्याम्पियन फुटवेयर कम्पनीले छालाजुत्तासँग सम्झौता भएको थियो।


