काठमाडौं– मानवअधिकार चलचित्र केन्द्रद्वारा ललितपुरको एशियन कलेज अफ हायर स्टडिज् कलेजमा एक दिने मानवअधिकार शिक्षा कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा तीन वटा नेपाली छोटा चलचित्रको प्रदर्शन गरी मानवअधिकारको बारेमा छलफल तथा अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको थियो।
केन्द्रले मानवअधिकारको प्रवद्र्धन गर्ने उद्देश्यले ११ औं नेपाल मानवअधिकार अन्र्तराष्ट्रिय चलचित्र महोत्सव सम्पन्न गरेर विद्यालय तथा कलेज स्तरीय सचेतना कार्यक्रम सम्पन्न गरेको हो।
कार्यक्रममामा मानवअधिकारका विभिन्न विषयहरुलाई समेटिएका दुईवटा छोटा कथानाक चलचित्र तथा एउटा बृत्तचित्र प्रर्दशन गरिएको थियो। कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै केन्द्रका अध्यक्ष पाण्डव खत्रीले मानवअधिकार शिक्षाको लागि सिनेमा एउटा महत्वपूर्ण पाटो भएकोले विद्यालय र कलेजस्तरका युवाहरुको विचमा सिनेमा प्रर्दशनी संगै मानवअधिकारका विभिन्न विषयहरुमा छलफल चलाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको जानकारी गराएका थिए।
केन्द्रले संचालन गर्ने नेपाल मानवअधिकार अन्र्तराष्ट्रिय चलचित्र महोत्सव सम्पन्न भए पछि देशका विभिन्न ठाउँहरुका स्थानीय सरकार, विद्यालय, कजेलस्तरी चलचित्रको प्रर्दशन, सहभागीहरु संग अन्र्तक्रिया तथा मानवअधिकारका विभिन्न सवालहरुमा छलफल गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको जानकारी गराएका थिए। महोत्सवको ११औं संस्करण सम्पन्न भइसकेपछि आजबाट दोश्रो चरणको अभियान शुरु गरिएको उनले बताएका थिए।
कार्यक्रमा राष्ट्रिय मानवअधिकार आयोगका दिपेन्द्र सिंहले मानवअधिकार सम्बन्र्धन गर्नको लागि युवाहरुको महत्वपूर्ण जिम्मेवारी रहने र त्यो आफ्नै घरबाट शुरु गर्नुपर्ने कुरा बताएका थिए। मानवअधिकारका अन्र्तराष्ट्रिय सन्धि सम्झौता अनुसार राज्यले सबै नागरिकको अधिकार सुनिश्चित गर्ने दायित्व रहेको कुरामा उनले जोड दिए।
कार्यक्रममा बोल्दै कलेजको तर्फबाट अधिबक्ता दिपेन्द्र अधिकारीले मानवअधिकार कुनै देशका नागरिकको एउटा र अर्को देशको नागरिकको अर्को नहुने, संसारको जुनसुकै ठाउँमा जन्मने बित्तिकै उसको अधिकार एउटै हुने कुरामा जोड दिदै मानवअधिकारको प्रवद्र्धन गर्नको लागि कला तथा सिनेमा एउटा महत्वपूण माध्यम भएको कुरा बताएका थिए।
केन्द्रले नेपालमा प्रत्येक बर्ष संचालन हुने नेपाल मानवअधिकार अन्र्तराष्ट्रिय चलचित्र महोत्सव सम्पन्न भए पछि विद्यालय तथा बिश्वविद्यालयहरुमा यस्ताखाले कार्यक्रम संचालन गर्दै आईरहेको छ।
