२०८३ कार्तिक २३ गते आईतबार

अझै रोकिएन बालविवाह

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ २१
child marrage

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१२ घ्याङडाँडाका २६ वर्षीय रवीन्द्र भुजेलले रामेछापको १५ वर्षीया बालिकालाई उनकै घरबाट भगाएर गत भदौ २५ विवाह गर्ने बहानामा आफ्नो घर ल्याए। बालिकाको परिवारले खोजतलासी गरी रामेछाप नगरपालिका–८ को बाल सञ्जालको उपस्थितिमा छलफलपछि विवाह बदर गरी आफन्तको जिम्मामा पठाइएकामा पुनः ललाइफकाई भुजेलले घर ल्याएर राखेपछि उजुरीका आधारमा उनलाई बिहीबार गिरफ्तार गरिएको छ।

बालिकाको आफन्तले यही माघ १४ गते जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा उजुरी दिएपछि प्रहरीको सहयोगमा पीडित बालिकाको उद्धार गरिएको हो। भुजेललाई गिरफ्तार गरी अनुसन्धानका लागि हिरासतमा राखिएको कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार उजुरी दिएको भोलिपल्ट पीडितको स्वास्थ्य परीक्षण गरी पुनः आफन्तको जिम्मामा रामेछापस्थित घर फर्काइएको छ।

पछिल्लो समय काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रअन्तर्गत महाभारत र खानीखोला गाउँपालिकामा माध्यमिकस्तरका विद्यार्थीले कमउमेरमै विवाह गर्न थालेपछि गाउँस्तरमा चेतनामूलक अभियान नै थालिएको छ। विशेषगरी कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीले बालविवाह गर्ने गरेको विद्यालयका शिक्षक बताउँछन्।

‘गत शैक्षिकसत्रमा कक्षा १० मा ५० विद्यार्थी भर्ना भएकामा ४२ मात्रैले अन्तिम परीक्षा दिएका छन्, अनुपस्थित ८ मध्ये स्थानीयस्तरमा अनुसन्धान गर्दा ६ छात्रछात्राले विवाह गरेको पाइयो’, महाभारत गाउँपालिका शिक्षा समिति सदस्य एवं गोकुले माविका प्रधानाध्यापक पदमप्रसाद तिमल्सिनाले भने।

उनका अनुसार केही वर्षदेखि नै यस्तो क्रम जारी रहेकाले गाउँपालिका, विद्यालय, आमा समूह, वडा कार्यालय तथा स्थानीय युवा क्लबमार्फत जनचेतनामूलक कार्यक्रम तथा र्याली र प्रदर्शन गर्दै आइएको छ।

महाभारतपारि अवस्थित तामाङ समुदायमा यस्तो घटना दोहोरिरहेको बताइन्छ। गाउँपालिकाले गत र चालु आर्थिक वर्षमा बालविवाह रोक्ने विभिन्न कार्यक्रमका लागि बजेट विनियोजन गरेको अध्यक्ष कान्छालाल जिम्बा बताउँछन्। ‘हामी बालविवाहका घटना न्यूनीकरणमा लागेका छौँ, विगत वर्षमा भन्दा सङ्ख्यात्मक दरमा केही कम गरिरहेका छौँ’, उनले भने।

उनका अनुसार वडास्तरका सामाजिक अगुवालाई माध्यमिकस्तरका विद्यार्थीको घरघरमै गएर कम उमेरमा विवाह गर्दाको शारीरिक, मानसिक र आर्थिक असरबारे सम्झाउने अभियानसमेत गरिएको छ।

बालविवाह न्यूनीकरण गर्दै रोक्नेसम्मको उद्देश्यसहित खानीखोला गाउँपालिकाले गत केही महिनामा बालविवाहविरुद्ध चेतनामूलक सडक नाटक अभियानकै रूपमा सञ्चालन गर्दै आएको छ। बालविवाहलाई न्यूनीकरण गर्न गाउँपालिकाले तालिका बनाएर स्थानीय माध्यमिक विद्यालयमा सडक नाटक अभियान सञ्चालन गरेको हो।

‘बालविवाह एउटा ठूलो समस्या बनिरहेको अवस्थामा सडक नाटकमार्फत न्यूनीकरण गर्ने अभियान सञ्चालन गरेका छौँ, यसलाई पुनः निरन्तरता दिनुपर्ने देखिएको छ’, गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले भने। उनका अनुसार अभियानलाई आवश्यकताअनुसार निरन्तरता दिन गाउँपालिकाले बजेट छुट्याएको छ।

गाउँपालिकामा बालविवाहको यकिन तथ्याङ्क नभए पनि समस्याका रूपमा रहेकाले योजनाबद्धरूपमा यसको न्यूनीकरण गर्दै बालविवाह रोक्नेसम्मको उद्देश्य राखिएको उनले बताए। उनले भने, ‘नाटकमा सानै उमेरमा विवाह गर्दा घरव्यवहार र शारीरिकरूपमा पर्ने समस्याबारे अभियानमा जानकारी दिने गरिएको छ।’ उक्त गाउँपालिकामा विशेषगरी अधिकांश तामाङ समुदायको बसोबास रहेको छ।

जिल्ला प्रहरी कार्यालय प्रमुख भाग्यपुरुष ढकाल डाँडापारिका केही स्थानमा बालविवाह भइरहेको अनौपचारिक जानकारी प्राप्त भए पनि त्यसविरुद्ध कुनै उजुरी नपरेको बताए। उनले तत् क्षेत्रमा बालविवाह रोक्न सबै सरोकारवाला निकायबीच सहकार्य गर्न आग्रह गरेको जानकारी दिए।

गत आर्थिक वर्षमा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१ स्थित एक विद्यालयमा अध्ययनरत सात विद्यार्थीले विवाह गरेका थिए। विद्यालयमा अध्ययनकै क्रममा विवाह गर्ने उनीहरूको ‘उमेर’ पुगेको थिएन। जिल्ला सदरमुकाम धुलिखेलकै उक्त विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीमध्ये केहीले आफूखुसी तथा केहीलाई अभिभावकले उमेर नपुग्दै विवाह गरिदिएको घटना एक अध्ययनले देखाएको थियो। अघिल्लो वर्ष सोही विद्यालयमा अध्ययनरत दुई विद्यार्थीले ‘बालविवाह’ गरेको शिक्षक नै बताउँछन्।

सो विद्यालयमा अध्ययनकै क्रममा विवाह गरेका बालबालिकाविरुद्ध भने कुनै निकायमा उजुरी परेको थिएन। बालविवाहको प्रकृति हेर्दा विद्यालयको एउटै कक्षामा अध्ययन गर्ने छात्र र छात्राबीच कुराकानी, सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालमा कुराकानी हुने र त्यसकै कारणबाट बाल अवस्थामै विवाह हुने गरेको धुलिखेलकै एक सामाजिक संस्थाको अध्ययनले देखाएको थियो।

जिल्ला सदरमुकाम तथा बालमैत्री नगर घोषणा गरिएको स्थानमै बालविवाहजस्ता घटना भइरहँदा गम्भीर समस्या निम्तिँदै गएको देखिन्छ। प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा बालविवाहविरुद्ध उजुरी नपरेसम्म चेतनामूलक अभियान र प्रचार–प्रसारबाहेक केही गर्न नसकिने बताउछिन्। ‘विशेषगरी स्थानीय तहले बालविवाहविरुद्धका गतिविधि सञ्चालन गर्नुपर्ने हो, हामीले उजुरी नआएको हकमा प्रहरीसँग मिलेर सचेतनाबाहेक केही गर्न सक्दैनौँ’, उनले भनिन्।

नेपालमा २० वर्ष नपुगी गरिएका विवाह स्वतः रद्द हुने, विवाह गर्ने केटाकेटीका साथै गराउने व्यक्तिलाई ३ वर्ष कैद वा ३० हजार जरिवाना वा दुवै हुनसक्ने व्यवस्था छ। नेपालले बालविवाहलाई २०२० मै गैरकानुनी ठहर गरेको हो। दिगो विकास लक्ष्यले बालविवाह अन्त्य गर्ने लक्ष्य लिएसँगै नेपाल सरकारले पनि सन् २०३० सम्ममा मुलुकबाटै बालविवाह अन्त्य गर्ने राष्ट्रिय रणनीति अनुमोदन गरिसकेको छ।

प्रकाशित: २०८० माघ २१ गते आईतबार ०७:५५
प्रतिक्रिया

थप समाचार

व्यापारी गाउँमै पुग्दा स्याउ किसानले पाए राम्रो मूल्य

मुगु: हिमाली जिल्ला मुगुमा पछिल्लो समय स्याउ खेती गर्ने कृषकहरूको सङ्ख्या बढ्दै गएको छ। तर, स्याउ फुल्ने समयमा आएको असिनापानी र हावाहुरीका कारण दाना झर्दा गत वर्षको तुलनामा यो वर्ष उत्पादनमा...

तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै

मुस्ताङ: तिहार बिदाका अवसरमा हिमाली जिल्ला मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ। तिहारको अघि र पछि लामो सरकारी बिदा परेकाले मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्या बढेका हुुन्। यस...

भोटे कुकुर: भेँडा बाख्राका रक्षक, गोठालाका सारथी

म्याग्दी: म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङका हिमबहादुर छन्त्यालको गोठमा पाँच वटा कुकुर छन्। बीस वर्ष संयुक्त अरब इमिरेट्स (युएई) मा रोजगारी गरेर फर्किनुभएका ५० वर्षीय छन्त्यालले...

तिहारका लागि इन्द्रचोक असनमा किनमेल गर्नेहरूको भिड (फोटो)

तिहारको रौनकसँगै काठमाडौंका प्रमुख व्यापारिक केन्द्र असन र इन्द्रचोकमा किनमेल गर्नेहरूको बाक्लो भीड लागेको छ। असन र इन्द्रचोक क्षेत्रमा तिहारका लागि आवश्यक सामग्री खरिद गर्न सर्वसाधारणको...

तिहार कुर्दैन मखमली माला, भदौदेखि नै विदेश निर्यात

तिहार नजिकिएपछि बजारमा फूल तथा मालाको कारोबार बढ्न थाल्छ। तिहारमा विशेषगरी सयपत्री र मखमली फूलको माग बढी हुने गर्छ। चाडपर्वमा हुने मागलाई लक्षित गर्दै काठमाडौं उपत्यकाका किसानहरू मखमली तथा...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
Banijya_BAnk_nepal
बैंकिङ

ऋणको माग सुस्त हुँदा पनि बैंकहरूको नाफा कसरी बढ्यो ४५ प्रतिशत?

कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) घट्नु, कर्जा असूलीमा सुधार आउनु र ब्याज आम्दानी तथा निक्षेपको लागतमा आएको परिवर्तनले नाफा बढाउन सहयोग गरेको देखिन्छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना