२०८३ कार्तिक २३ गते आईतबार

ट्राफिक प्रहरी कार्यालयलाई भवन हस्तान्तरण

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ २१
ss

दमौली (तनहुँ)- तनहुँको व्यास नगरपालिकाले ट्राफिक प्रहरी कार्यालय तनहुँलाई भवन उपलव्ध गराएको छ। व्यास –१ करङकाठमा रहेको बसपार्कस्थित टर्मिनल भवन ट्राफिक प्रहरी कार्यालयलाई उपलव्ध गराउने निर्णय गरेको हो।

करङकाठमा केही वर्ष अगाडि निर्माण सुरु भएको टर्मिनल भवन अझै सम्पन्न हुनसकेको छैन। भवनको केही काम अझै बाँकी छ। सोही भवन ट्राफिक प्रहरीलाई उपलव्ध गराउने निर्णय भएको हो। व्यास –४ का वडा सदस्य सरोज भण्डारीले कार्यालय भवन अभावमा ट्राफिक प्रहरी कार्यालय सदरमुकामबाट अन्यत्र जाने सम्भावना बढेपछि नगरसभामा आफूले प्रस्ताव गरेको जानकारी दिए। उनले भने, ‘अन्य पालिकाले जग्गा र भवन दिन्छौँ भनेर प्रस्ताव गरिरहेका थिए, सदरमुकाममा भएको कार्यालय अन्यत्र लैजानु ठिक हुँदैनथ्यो। करङकाठमा प्रयोगविहीन भवनलाई ट्राफिक प्रहरीको कार्यालय बनाउन सकिन्छ भनेर नगरप्रमुखसमक्ष प्रस्ताव लगेको थिएँ।’

भवनमा विद्युतीकरण र झ्यालढोका हाल्न बाँकी छ। ती सबै काम नगरपालिकाले नै पूरा गर्ने सहमति भएको छ। सबै काम सकेपछि ट्राफिक प्रहरी कार्यालय सोही भवनबाट सञ्चालनमा आउने ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी नायब निरीक्षक सन्तोष पौडेलले जानकारी दिए।

उनले भने, ‘उक्त भवनको काम बीचमा छाडेर अलपत्र परेको रहेछ। हामीले नगरपालिकालाई अनुरोध गरेपछि नगरपालिकाले भवन हस्तान्तरण गर्ने निर्णय गरेको छ। अहिले भवनको सरसफाइको काम भइरहेको छ। बाँकी सबै काम नगरपालिकाले नै सम्पन्न गरेर हस्तान्तरण गर्ने तयारी भइरहेको छ।’

हाल व्यास–४ स्थित व्यक्तिका घरमा भाडा तिरेर कार्यालय सञ्चालन भइरहेको छ। हाल सातवटा कोठा भाडामा लिइएको छ। पुरानो घर भएकाले साँघुरो कोठाबाट सेवा प्रवाह गर्नुपरेको प्रहरी नायब निरीक्षक पौडेलको भनाइ छ। उनले भने, ‘नयाँ भवनमा कार्यालय सञ्चालनमा आएपछि सेवा प्रवाहमा पनि सहजता हुन्छ।’

ट्राफिक प्रहरी कार्यालय तनहुँमा १५ जनाको दरबन्दी रहेकामा ३७ कार्यरत छन्। कार्यालय मातहत जिल्लाभर १२ अस्थायी ट्राफिक प्रहरी पोष्ट छन्। पौडेलका अनुसार बेलचौतारा, आँबुखैरेनी, कोत्रे, भिमाद, थर्पु, कलेस्ती, बन्दीपुर, भन्सार, पुर्कोट, पुलजीप र देवघाटमा अस्थायी पोष्टबाट सेवा प्रवाह भइरहेको छ। कार्यालयले दुर्घटना न्यूनीकरण, ट्राफिक सचेतनालगायतका काम गर्दै आएको छ।

प्रकाशित: २०८० माघ २१ गते आईतबार ०८:३१
प्रतिक्रिया

थप समाचार

व्यापारी गाउँमै पुग्दा स्याउ किसानले पाए राम्रो मूल्य

मुगु: हिमाली जिल्ला मुगुमा पछिल्लो समय स्याउ खेती गर्ने कृषकहरूको सङ्ख्या बढ्दै गएको छ। तर, स्याउ फुल्ने समयमा आएको असिनापानी र हावाहुरीका कारण दाना झर्दा गत वर्षको तुलनामा यो वर्ष उत्पादनमा...

तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै

मुस्ताङ: तिहार बिदाका अवसरमा हिमाली जिल्ला मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ। तिहारको अघि र पछि लामो सरकारी बिदा परेकाले मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्या बढेका हुुन्। यस...

भोटे कुकुर: भेँडा बाख्राका रक्षक, गोठालाका सारथी

म्याग्दी: म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङका हिमबहादुर छन्त्यालको गोठमा पाँच वटा कुकुर छन्। बीस वर्ष संयुक्त अरब इमिरेट्स (युएई) मा रोजगारी गरेर फर्किनुभएका ५० वर्षीय छन्त्यालले...

तिहारका लागि इन्द्रचोक असनमा किनमेल गर्नेहरूको भिड (फोटो)

तिहारको रौनकसँगै काठमाडौंका प्रमुख व्यापारिक केन्द्र असन र इन्द्रचोकमा किनमेल गर्नेहरूको बाक्लो भीड लागेको छ। असन र इन्द्रचोक क्षेत्रमा तिहारका लागि आवश्यक सामग्री खरिद गर्न सर्वसाधारणको...

तिहार कुर्दैन मखमली माला, भदौदेखि नै विदेश निर्यात

तिहार नजिकिएपछि बजारमा फूल तथा मालाको कारोबार बढ्न थाल्छ। तिहारमा विशेषगरी सयपत्री र मखमली फूलको माग बढी हुने गर्छ। चाडपर्वमा हुने मागलाई लक्षित गर्दै काठमाडौं उपत्यकाका किसानहरू मखमली तथा...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
Banijya_BAnk_nepal
बैंकिङ

ऋणको माग सुस्त हुँदा पनि बैंकहरूको नाफा कसरी बढ्यो ४५ प्रतिशत?

कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) घट्नु, कर्जा असूलीमा सुधार आउनु र ब्याज आम्दानी तथा निक्षेपको लागतमा आएको परिवर्तनले नाफा बढाउन सहयोग गरेको देखिन्छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना