काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध प्रहरीमा जाहेरी परेको छ। उनी विरुद्ध सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी परेको हो।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पीडितहरूले प्रतिनिधि सभा सदस्य समेत रहेका लामिछानेविरूद्ध जाहेरी दिएका छन्। लामिछाने, दिपेश पुन, पूर्वअध्यक्ष ज्ञानबहादुर बमजन र १५ कम्पनीहरूविरूद्ध जाहेरी आएको कास्की प्रहरीले जनाएको छ।
सूर्यदर्शन बचत पीडित संघर्ष समितिका सदस्यहरू यसअघि पनि पटकपटक लामिछानेविरूद्ध जाहेरी लिएर प्रहरी कार्यालय पुगेका थिए। पिडितहरुले सहकारीबाट ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्न गैरकानुनी रूपमा पैसा लगेको र टेलिभिजनको प्रबन्ध निर्देशक लामिछाने भएकाले छानबिनको दायरामा ल्याउनुपर्ने माग राखेका छन्।


