नयाँदिल्ली- भारतको दक्षिणी राज्य कर्नाटकमा ‘मङ्की फिवर’ का कारण दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा १८ वर्षीया युवती र ७९ वर्षीय पुरुष रहेको हिन्दूस्तान टाइम्सले उल्लेख गरेको छ।
हाल राज्यमा जम्मा ४९ जनामा सो सङ्क्रमण देखिएको टाइम्सले जनाएको छ।
यो एक प्रकारको भाइरल हेमोरेजिक रोग हो जुन सन् १९५७ मा भारतको पश्चिमी घाटको क्यासनुर जङ्गलमा पहिलो पटक पहिचान भएको थियो।
यो खासगरी बिरामी वा भर्खरै मृत्यु भएको बादरबाट किर्नाको मध्यमबाट मानिसमा यो रोग सर्ने गर्दछ। गाई, भैसी, भेडा बाख्रामा पनि यो भाइरस हुने भएता पनि यी जनावरबाट सर्ने सम्भावना भने अतिनै दुर्लब मानिन्छ।
संक्रमण भएको झन्डै एक हप्ता पछि लक्षणहरु देखा पर्ने पर्दछ। शुरुमा उच्च काम ज्वरो आउने, टाउको दुख्ने हुन्छ भने, यसको ३(४ दिनपछि अत्यधिक मांशपेशीका दुख्ने, पेटको समस्या देखिने र रक्तश्राप हुनसक्दछ।
एक दुइ हप्ता पछि बिरामी आफै ठिक हुन् सक्दछ तर झन्डै २०५ जतिलाई तेस्रो हप्तामा यो रोग फर्केर ऑउदछ। र यो समयमा स्नायु प्रणाली र दृष्टिमा समस्या आउन सक्दछ।
समयमा नै रोग पहिचान र उपचार नगरे बिरामीको मृत्यु समेत हुन् सक्दछ। हाल भारतको महाराष्ट्रमामा मंकी फिभरले मानिसको मृत्यु गराई रहेकोले स्वास्थसंग सम्बन्धित निकायहरु गम्भीर भएर स्वस्थ शिबिर नै खडा गरी संक्रमितहरुको उपचार गरिरहेका छन्।


