काठमाडौँ- विगत लामो समयदेखि काठमाडौंँको शान्तिवाटिकामा बस्दै आएका मिटरब्याज पीडितलगायतका धर्नाकारी फुटपाथमै धर्ना दिन थालेका छन्।
फुटपाथमा नै उनीहरू खाना बनाउने र खाने गरिरहेका छन् भने रातको समय पनि उनीहरू फूटपाथमा नै बिताइरहेका छन्।
मंगलबार मात्र काठमाडौं महानगरले उनीहरूलाई शान्तिवाटिकाबाट लखेटेको थियो।
मिटरब्याजपीडितसँग आरती साहका लागि न्याय माग्दै आएका भाइ प्रेम र आमा निर्मला पनि त्यही हुलमा छन्।
धर्नाधारीले शान्तिवाटिका र रानीपोखरी फोहोर बनाएको भन्दै काठमाडौं महानगरले उनीहरूलाई लखेटेको थियो।
तस्बिरहरू
















