काठमाडौँ- एस पावर क्यान इन्फोटेक आजदेखि सुरू भएको छ। प्राविधिक प्रदर्शनी तथा विकासका लागि क्यान महासंघले आज (माघ २५) बाट २९ गते सम्म २९औं संस्करणको क्यान इन्फोटेक सुरु भएको हो।
क्यान महासंघले गर्ने २९औं इन्फोटेकमा टाइटल स्पोन्सर एस पावर बीपीई प्राइभेट लिमिटेड रहेको छ। त्यस्तै सहयोगी प्रायोजकमा एचएमसी दहुआ, प्लाटिनम स्पोन्सरमा लर्डबुद्ध एजुकेसन फाउन्डेसन, डायमन्ड स्पोन्सरमा नेपाल टेलिकम तथा गोल्ड स्पोन्सरहरूमा इन्फोडेभलपर्स प्रालि र मर्कन्टाइल अफिस सिस्टम प्रालि रहेका छन्।
त्यस्तै सिल्भर स्पोन्सरहरूमा अर्न सिक्का (अनलिमिटेड टेक्नोलोजी प्रालि), इन्सेसेन्ट रेन प्रालि, हिमकम। एनटेक र पिएनवइ रहेका छन्।
प्रदर्शनीको टिकेटिङ पार्टनरमा ईसेवा प्रालि, इन्टरनेट पार्टनरमा डिश मिडिया नेटवर्क प्रालि, इनोभेसन पार्टनरमा एड्रेसग्राफ नेपाल प्रालि, इन्स्योरेन्स पार्टनरमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड, ट्रेनिङ पार्टनरमा ब्रोडवे इन्फोसिस प्रालि, डिजिटल डिस्प्ले पार्टनरमा डिलक्स रेडियो सर्भिस, एजुकेसन पार्टनरमा पाटन कलेज फर प्रोफेसनल स्टडिज (पीसीपीएस कलेज) रहेका छन्।

त्यस्तै फुड एन्ड बेभरेज पार्टनरमा न्याकेट बार एन्ड इभेन्ट्स प्रालि, भर्चुअल एक्जिबिसिन पार्टनरमा मण्डला सिस्टम प्राइभेट लिमिटेड, स्मार्ट गेट पार्टनर बारकोड नेपाल सिसिटिभी पार्टनरमा एचएमसी दहुआ र एसएमएस पार्टनर जानकी टेक्नोलोजी प्रालि रहेका छन्।
देशभित्रबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०, सुबिसु केबलनेट लगायतका संस्थाले सहयोग गरेका छन्।
सन १९९५ देखि क्यान महासंघले क्यान इन्फोटेकको सुरुवात गरेकोमा यो वर्ष २९औँ संस्करण हो।
विगत ६ वर्षदेखि क्यान महासंघ नेपालले लर्ड बुद्ध एजुकेसन फाउण्डेसनसँगको सहकार्यमा नेपालभरका जेहेन्दार तथा विपन्न विद्यार्थीहरूलाई बीएस्सी आईटी डिग्रीका लागि प्रत्येक वर्ष रु। २ करोडको छात्रवृत्ति प्रदान गर्दै आएको छ।
यो छात्रवृत्ति यस वर्ष पनि उपलब्ध गराइने र यो क्यान इन्फोटेक २०२४ को पहिलो दिन घोषणा गरिनेछ।
त्यस्तै नेपाल रोबोटिक्स एकेडेमीले क्यान महासंघसँगको सहकार्यमा क्यान इन्फोटेक २०२४ मा नेपालमै विकास गरिएको जेनेरेटिभ एआई सिस्टम “कान्छी” रोबटको बेटा संस्करण सार्वजनिक हुने कार्यक्रम छ।
यस पटकको क्यान इन्फोटेकमा एनपी सर्ट र सीएसआरआईको पहलमा साइबर सेक्युरिटी हेल्प डेस्क समेत सञ्चालन गरिनेछ।
क्यान महासंघका अध्यक्ष रणजीतकुमार पोद्दारले यसपालि केन्द्रमा मात्र नभएर प्रदेशमा पनि सूचना प्रविधि मेला सञ्चालन गरिने जानकारी दिएका छन्। कोशीको सुनसरीमा फागुन दोस्रो सातामा कार्यक्रम तय भइसकेको उनको भनाइ छ। यस्तै गण्डककीको पोखरामा पनि सूचनाप्रविधि मेला लगाउने तयारी भइरहेको उनले उल्लेख गरे।

सूचना प्रविधि क्षेत्रमा विश्वव्यापी रूपमा आएका नवप्रवर्तन र नेपालमा भएका/बनाइएका नयाँ अभ्यासका विषयमा पनि मेलामा जानकारी लिन सकिने उनको भनाइ छ।
‘क्यान इन्फोटेक हाम्रो नियमित र ठूलो कार्यक्रम हो। ज्ञानआदानप्रदानमा यो मेला महत्वपूर्ण छ,’ उनले भने, ‘राज्यले सूचना प्रविधिमा गरेर नागरिकलाई नागरिक रहेकै ठाउँबाट सेवा प्रदान सक्षम छ। यस्ता अभ्यास विदेशमा भइसकेका छन्। नेपालले अब त्यतातर्फ जानुपर्छ।’
यसपटकको मेलामा आफूहरूले स्टार्टअपहरुलाई विशेष प्राथमिकता दिएको उनको भनाय छ। ‘नेपालका नीजि क्षेत्रले देशलाई अर्बौं सहयोग गरिरहेको छ। उनीहरुको स्किल, भिजन, मिसनबाट तयार गरेर निरन्तर बिदेशमा निर्यात गरिरहेका प्रविधिका सामाग्रीहरु नेपालमै छोएर हेर्न मिल्ने व्यवस्था गरेका छौं,’ उनको भनाइ छ।
ब्रान्डिङ, आईसीटी एक्ससरिज, प्रडक्ट लञ्चिङसँगै इन्फोटेकमा सफ्टवेयर, विद्यार्थीको छुट्टै प्रदर्शनीको व्यवस्था गरिएको उनले बताए। विशेषतः विद्यार्थी, आइटी क्षेत्रमा काम गर्नेहरु, सरकारी कार्यालय र सरकारी कर्मचारी तथा समग्र स्टेकहोल्डरलाई लक्षित गरिएको उनले उल्लेख गरे।
त्यस्तै महासंघका महासचिव चिरञ्जीवी अधिकारीले क्यान इन्फोटेकमा स्टार्टअप, युवा प्रतिभा, नवप्रवर्तन तथा नेपाली उत्पादनलाई विशेष प्राथमिकता दिइएको उल्लेख गरे।
सर्वसाधारणका लागि १०० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ। जेष्ठ नगरिक, फरक क्षमताका नागरिक, १० वर्ष मुनिका बालबालिका तथा सरकारी र सामुदायिक विधालयको सिफारिसमा सामूहिक अवलोकनका लागि निशुल्क प्रवेश व्यवस्था छ।
इन्फोटेक अवधिभर सूचना प्रविधिसम्बन्धी अन्तर्क्रियातमक छलफलका कार्यक्रम हुने अधिकारीले जानकारी दिए।
