काठमाडौँ- सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सय जना एसपीको सरुवा गरेको छ।
सशस्त्र प्रहरी उपरीक्षकको विगतको कमाण्डलाई आधार मानेर सरुवा गरिएको सशस्त्र प्रहरीको भनाइ छ।
गण नम्बर–२७ रुपन्देहीमा आनन्द थापा, नम्बर–३८ रिजर्भ गण झापामा निवन कुमार खडका, गण नम्बर–४२ बाँकेमा क्षितिज क्षेत्रीलाई सरुवा गरिएको छ।
सशस्त्र प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण–२०८० स्वीकृत भएपछि नयाँ बढुवा भएका सिसम–३, सिनियर ब्याच सिसम–२ र विभागीय टोलीका एसपीहरुले कमाण्ड पाएका छन्। यसपटकको सरुवामा ४१ जना एसपीले गणको कमाण्ड पाएका हुन्।
सूची


