काठमाडौँ- स्वस्थानी र माधवनारायणका व्रतालु परदेशयात्रामा निस्किएका छन्।
काठमाडौँको साँखुस्थित शालीनदीबाट उनीहरू परदेशयात्राका लागि पशुपति मन्दिर आएका हुन्।
पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल पूर्णिमासम्म एक महिना जारी रहने स्वास्थानी तथा माधवनारायणको व्रत बसेकाहरू बीचबीचमा परदेशयात्रामा निस्किन्छन्।
व्रतालुहरू पशुपति मन्दिर, फर्पिङ, पनौती, चाँगुनारायण जाने गरेका छन्।












