२०८३ कार्तिक २३ गते आईतबार

चार पूर्वभीसी भन्छन्- त्रिविमा दलीय अतिक्रमण अति भयो

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ २६
upakulpati-haru-1707490440

काठमाडौँ-  त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्तिबारे चार जना पूर्वउपकुलपतिहरूले आफ्ना भनाइ राखेका छन्। शुक्रबार पूर्वउपकुलपतिहरू महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, कमलकृष्ण जोशी र नवीनजंग शाहले संयुक्त विज्ञप्ति जारी गर्दै आफ्ना भनाइ राखेका हुन्।

उनीहरूले त्रिभुवन विश्वविद्यालयमा दलगत राजनीतिबाट अत्यधिक अतिक्रमण हुने गरेको भन्दै त्यसबाट प्राज्ञिक कार्यक्रमहरू प्रभावित भइरहेका गुनासाहरू निरन्तर आइरहेको उल्लेख गरेका छन्।

‘विश्वविद्यालयको उपकुलपति नियुक्तिमा दलगत राजनीतिले प्रश्रय पाइरहेको अवस्थामा विश्वविद्यालय राजनीतिबाट मुक्त हुनु अव्यावहारिक हुने हुँदा उपकुलपति नियुक्ति प्राज्ञिक एवं विश्वविद्यालय हाँक्ने क्षमता भएकालाई नै प्राथमिकता दिइनुपर्छ भन्ने जनमत बढ्दै आइरहेको हामीले बुझेका छौं,’ उनीहरूको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘अबको नेतृत्व दलगत राजनीतिबाट मुक्त गर्ने अभिप्रायले उपकुलपति नियुक्तिका लागि सिफारिस गर्न बनेको समितिले योग्य इच्छुक उम्मेदवारहरूबाट दरखास्त आह्वान गरेको छ। विश्वका अन्य विश्वविद्यालयहरूमा प्रचलित यस्ता नियुक्तिहरूमा आफूले योग्य देखेका व्यक्तिलाई सोझै सम्पर्क गरी चयन गरेको पनि पाइन्छ। कतिले त अन्तर्राष्ट्रिय प्रतियोगिताबाट छनौट गर्ने गरेको पनि देखिन्छ।’

विश्वविद्यालको उपकुलपतिको राम्रो छनौट सबै समस्याको समाधान नभएको बताएका उनीहरूले उपकुलपतिले अन्य पदाधिकारीहरू समेतको आफ्नै टोली बनाएर काम गर्न पाए मात्र उपकुलपतिको नेतृत्व प्रभावकारी उल्लेख गरेका छन्।

विश्वविद्यालयलाई अहिलेको समस्याबाट मुक्त गर्न व्यापक सुधार गरी अघि बढाउन सबै दलहरूको राजनैतिक सहमति प्राप्त गर्न राज्यले अग्रसरता लिनु पनि आवश्यक रहेको उनीहरूको धारणा छ।

त्रिभुवन विश्वविद्यालय लामो समय नेतृत्वविहीन भएकाले अब ढिलो नगरी सिफारिस समितिले यथाशीघ्र उत्कृष्ट उम्मेदवारको सिफारिस गर्न उनीहरूले आग्रह गरेका छन्।

विश्वविद्यालयहरूको नेतृत्व चयनमा अदृश्य रूपमा भागबण्डाले आश्रय पाएमा नेपालको उच्च शिक्षालाई अझ कमजोर बनाउने उनीहरूको भनाइ छ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा आवेदन दिएका ४३ जनामध्ये १४ जना अल्पसूची ‘सर्टलिष्ट’ मा परेका छन्।

प्रकाशित: २०८० माघ २६ गते शुक्रबार ०९:५४
प्रतिक्रिया

थप समाचार

तिहार कुर्दैन मखमली माला, भदौदेखि नै विदेश निर्यात

तिहार नजिकिएपछि बजारमा फूल तथा मालाको कारोबार बढ्न थाल्छ। तिहारमा विशेषगरी सयपत्री र मखमली फूलको माग बढी हुने गर्छ। चाडपर्वमा हुने मागलाई लक्षित गर्दै काठमाडौं उपत्यकाका किसानहरू मखमली तथा...

सामाजिक सुरक्षासम्बन्धी कार्यविधि स्वीकृत: श्रमिकको ज्याला खातामा, सामाजिक सुरक्षा अनिवार्य

कार्यविधिअनुसार निर्माण र परामर्श सेवामा रोजगारदाताको २० प्रतिशत सामाजिक सुरक्षा योगदानमध्ये १० प्रतिशत सरकारले व्यहोर्नेछ।

वनको कानुनमा अल्झियो सुर्खेत–दैलेख १३२ केभी प्रशारण लाइनको काम

सुर्खेत: कर्णाली प्रदेशमा गुणस्तरीय बिजुली पुर्‍याउन थालिएको सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन वन सम्बन्धी कानुनी झन्झटमा अल्झिएको छ। कोहलपुर–सुर्खेत–दैलेख आयोजनाअन्तर्गतको यो खण्ड...

कालीमाटीमा तिहारका लागि फूल किन्ने र बेच्नेको चहलपहल (फोटो)

तिहार नजिकिएसँगै काठमाडौंको कालीमाटी बजारमा फूल किन्ने र बेच्नेहरूको चहलपहल बढेको छ। बजारमा सयपत्री र मखमली फूल तथा फूलमाला बिक्रीका लागि राखिएका छन्। तिहारमा घर सजाउन, पूजाआजा गर्न र दिदीबहिनीले...

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना