२०८३ साउन १३ गते बुधबार

मदरसामा डोजर चलाएपछि भारतको हल्द्वानीमा हिंसा भड्कियो, ५ जनाको मृत्यु

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ २७
haldwani

हल्द्वानी– उत्तराखण्डको हल्द्वानीमा प्रहरीले चलाएको गोली लागेर कम्तीमा ५ जनाको मृत्यु भएको छ। घटनामा कम्तीमा ६० जना घाइते भएका भारतीय सञ्चारमाध्यम द वायरले उल्लेख गरेको छ।

डोजर लगाएर मदरसा भत्काएपछि त्यहाँ हिंसा भड्किएको थियो। बिहीबार दिउँसो करिब ३:३० बजे ‘‘मलिक के बगिचे’का मदरसा’ भत्काउन बुलडोजर चलाइएको थियो।

तर स्थानीयहरुले आफूहरूको पवित्र पूजास्थल भत्काउन नदिने बताएका थिए। उनीहरुले मदरसा भत्काउन न त कुनै कानुन/आदेश नदेखाएको र न त अधिकारीहरू उनीहरूको कुरा सुन्न तयार भएको भन्दै आक्रोश व्यक्त गरेका छन्।

‘हाम्रा महिलाहरूलाई पुरुष प्रहरीले लाठीले कुटे। कम्तीमा चार जना पुरुषहरू गोली लागेर गम्भीर घाइते भए,’ एक प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै द वायरले लेखेको छ। ती प्रत्यक्षदर्शीका अनुसार दोहोरो भिडन्तमा केही प्रहरी पनि घाइते भएका छन्।

नगरपालिकाले मदरसा भत्काउनुअघि दुई जनालाई मदरसाबाट धार्मिक पुस्तक निकाल्न अनुमति दिएको थियो। तर यो समय निकै छोटो थियो।

स्थानीयले कानुन/आदेश देखाउन माग गरिरहेका थिए। तर नगरका अधिकारीहरूलाई भत्काउने आदेश देखाउन तयार भएनन्। अन्ततः बल प्रयोग गरेर अगाडि बढे, जसले स्थितिलाई अशान्त बनाएको थियो।

यो मदरसा रेलवे कालोनी क्षेत्रमा अवस्थित छ। उक्त क्षेत्रमा ४ हजार भन्दा बढी परिवार बस्छन्। रेलवे विस्तारका लागि यो मदरसा भत्काइएको हो। यद्यपि यो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।

हिंसा भड्किएपछि ‘डीएम (जिल्ला मजिस्ट्रेट) नैनितालले उक्त क्षेत्रमा कर्फ्यू लगाएको छ। कर्फ्युको उल्लंघन गरे गोली हान्न आदेश दिइएको छ,’ समाचार एजेन्सी एएनआईले रिपोर्ट गरेको छ।

गएराति पनि प्रहरीले गोली चलाएको स्थानीयको भनाइ छ। ‘जब हामी घरभित्र थियौं, पुलिसले हाम्रो ढोकामा पनि गोली हानेको थियो। हामी डरमा बाँचिरहेका छौं, यो रोकिनुपर्छ,’ एक स्थानीयको भनाइ छ।

यो विषयमा प्रतिक्रिया दिन भने प्रहरीले अस्वीकार गरेको छ। हल्द्वानी नेपालको पश्चिमी सीमा महेन्द्रनगरबाट करिब १ सय किलोमिटर पश्चिममा पर्छ।

प्रकाशित: २०८० माघ २७ गते शनिवार १०:५५
प्रतिक्रिया

थप समाचार

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

विश्वप्रसिद्ध गढीमाई मन्दिरमा चोरी: चाँदीको मुकुट र सुनका गहनासहित बहुमूल्य सामग्री गायब

रौतहट: बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित विश्वप्रसिद्ध धार्मिक पर्यटकीय स्थल गढीमाई मन्दिरमा ताला तोडेर बहुमूल्य गहनाहरू चोरी भएको छ। गत साउन १० गते आइतबार राति अज्ञात समूहले...

११ करोड २१ लाखमा बनेको देवघाटको शवदाहगृह पीपीपी मोडलमा सञ्चालन गरिने

चितवन: देवघाटमा निर्माण गरिएको शवदाहगृह सार्वजनिक–निजी साझेदारी(पीपीपी) ढाँचामा सञ्चालन गरिने भएको छ। शवदाहगृह सञ्चालन गर्न बढी खर्चिलो हुने भएपछि सार्वजनिक–निजी साझेदारी ढाँचामा सञ्चालन...

४ करोड खर्चेर ललितपुरको २१ नम्बर वडामा हुँदैछन् यी कामहरू

काठमाडौँ: ललितपुर महानगरपालिका वडा नं. २१ ले चालु आर्थिक वर्षका लागि प्राप्त करिब ४ करोड रुपैयाँको बजेटलाई विभिन्न क्षेत्रका विकास तथा संरक्षण योजनामा विनियोजन गरेको जनाएको छ। वडाले पूर्वाधार...

सुनसरीको देवानगन्जमा कर्फ्यु कायमै

सुनसरी: सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा (कफ्र्यु) आज पनि जारी छ। सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेका अनुसार त्यस...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना