२०८३ कार्तिक १२ गते बुधबार

मदरसामा डोजर चलाएपछि भारतको हल्द्वानीमा हिंसा भड्कियो, ५ जनाको मृत्यु

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ २७
haldwani

हल्द्वानी– उत्तराखण्डको हल्द्वानीमा प्रहरीले चलाएको गोली लागेर कम्तीमा ५ जनाको मृत्यु भएको छ। घटनामा कम्तीमा ६० जना घाइते भएका भारतीय सञ्चारमाध्यम द वायरले उल्लेख गरेको छ।

डोजर लगाएर मदरसा भत्काएपछि त्यहाँ हिंसा भड्किएको थियो। बिहीबार दिउँसो करिब ३:३० बजे ‘‘मलिक के बगिचे’का मदरसा’ भत्काउन बुलडोजर चलाइएको थियो।

तर स्थानीयहरुले आफूहरूको पवित्र पूजास्थल भत्काउन नदिने बताएका थिए। उनीहरुले मदरसा भत्काउन न त कुनै कानुन/आदेश नदेखाएको र न त अधिकारीहरू उनीहरूको कुरा सुन्न तयार भएको भन्दै आक्रोश व्यक्त गरेका छन्।

‘हाम्रा महिलाहरूलाई पुरुष प्रहरीले लाठीले कुटे। कम्तीमा चार जना पुरुषहरू गोली लागेर गम्भीर घाइते भए,’ एक प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै द वायरले लेखेको छ। ती प्रत्यक्षदर्शीका अनुसार दोहोरो भिडन्तमा केही प्रहरी पनि घाइते भएका छन्।

नगरपालिकाले मदरसा भत्काउनुअघि दुई जनालाई मदरसाबाट धार्मिक पुस्तक निकाल्न अनुमति दिएको थियो। तर यो समय निकै छोटो थियो।

स्थानीयले कानुन/आदेश देखाउन माग गरिरहेका थिए। तर नगरका अधिकारीहरूलाई भत्काउने आदेश देखाउन तयार भएनन्। अन्ततः बल प्रयोग गरेर अगाडि बढे, जसले स्थितिलाई अशान्त बनाएको थियो।

यो मदरसा रेलवे कालोनी क्षेत्रमा अवस्थित छ। उक्त क्षेत्रमा ४ हजार भन्दा बढी परिवार बस्छन्। रेलवे विस्तारका लागि यो मदरसा भत्काइएको हो। यद्यपि यो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।

हिंसा भड्किएपछि ‘डीएम (जिल्ला मजिस्ट्रेट) नैनितालले उक्त क्षेत्रमा कर्फ्यू लगाएको छ। कर्फ्युको उल्लंघन गरे गोली हान्न आदेश दिइएको छ,’ समाचार एजेन्सी एएनआईले रिपोर्ट गरेको छ।

गएराति पनि प्रहरीले गोली चलाएको स्थानीयको भनाइ छ। ‘जब हामी घरभित्र थियौं, पुलिसले हाम्रो ढोकामा पनि गोली हानेको थियो। हामी डरमा बाँचिरहेका छौं, यो रोकिनुपर्छ,’ एक स्थानीयको भनाइ छ।

यो विषयमा प्रतिक्रिया दिन भने प्रहरीले अस्वीकार गरेको छ। हल्द्वानी नेपालको पश्चिमी सीमा महेन्द्रनगरबाट करिब १ सय किलोमिटर पश्चिममा पर्छ।

प्रकाशित: २०८० माघ २७ गते शनिवार १०:५५
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर। धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना