२०८३ कार्तिक ११ गते मङ्गलबार

क्यान इन्फोटेकमा बजारीकरणको पनि प्रतिस्पर्धा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ २८
CAN InfoTech

काठमाडौं- भृकुटीमण्डपमा जारी नेपालकै सबैभन्दा ठूलो सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘एसपावर क्यान इन्फोटेक २०२४ इन एसोसिएसन विथ एचएमसी दहआ’मा प्रदर्शनीकर्ता कम्पनीहरुबीच प्रविधि प्रदर्शनी र बजारीकरणको प्रतिस्पर्धा चलेको छ। शनिबार प्रदर्शनीको तेस्रो दिन सकिँदा इन्फोटेक थप प्रतिस्पर्धी बनेको हो।

यसअन्तर्गत विभिन्न कम्पनी तथा ब्राण्डहरूले सेवाग्राहीलाई एकै थलोबाट आफ्ना उत्पादन एवं सेवाबारे जानकारी प्रदान गरिरहेका छन्। प्रदर्शनीस्थलमा रहेको ब्राण्डिङ कक्षमा सहभागी देशविदेशका विभिन्न कम्पनी एवं ब्राण्डहरूले स्टलबाटै वितरक, डिलर तथा रिटेलरसँग जोडिएर व्यवसाय विस्तार गर्ने मौका पाएका छन्। साथै ग्राहकका जिज्ञासा एवं गुनासाहरू पनि स्टलबाटै समाधान गरिरहेका छन्।

नेपालमै उत्पादन भएका प्रविधि, नवप्रवर्तन क्षेत्रमा हासिल भएका अनुसन्धान र उपलब्धि तथा सूचना प्रविधिमैत्री स्टार्टअप व्यवसायमा पनि अवलोकनकर्ताको चासो बढेको छ। विशेषगरी साइबर सुरक्षा, कृषि, पर्यटन, हस्पिटालिटी लगायतका क्षेत्रमा प्रयोग हुने प्रविधिबारे बुझ्न चाहने अवलोकनकर्ता बढेको क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले बताए।

शनिबार नेपाली अनुसन्धानकर्मीहरूले विकास गरेको मसिन लर्निङमा आधारित रोबोट ‘कान्छी’को बेटा भर्सन समेत सार्वजनिक गरिएको थियो। रोबोटका निर्माता टिममा सदस्य बिक्रान्त कार्कीले मानिसहरूबाट प्रतिक्रिया लिइरहेको र चाँडै नै पूर्ण उत्पादन सार्वजनिक गर्ने योजना रहेको सुनाए। यो रोबोटमा नेपालमा बोलिने विभिन्न भाषाहरू एकीकृत गर्नेगरी काम भइरहेको समेत उनले जानकारी दिए।

त्यस्तै इन्फोटेकको अवसर पारी विभिन्न सेवाप्रदायक तथा बिक्रेताले आफ्ना सेवा तथा वस्तुमा छुट घोषणा गरेका छन्। यसअन्तर्गत कम्पनीहरुले वस्तु खरिद तथा बुकिङमा छुट, निःशुल्क परामर्श तथा रमाइला खेल सञ्चालन गरिरहेका छन्।

क्यान इन्फोटेक २०२४ को शीर्ष प्रायोजक एस पावर बीपीई प्राइभेट लिमिटेडले नेपालका शैक्षिक संघसंस्थाका लागि उपयोगी हुने स्मार्ट बोर्डसहित यूपीएस, अटोमेटिक भोल्टेज रेगुलेटर, वाटरपम्प लगायतका प्रविधिहरूमा अधिकतम ४० प्रतिशतसम्म छुट घोषणा गरेको छ। त्यस्तै क्यान इन्फोटेकको सहप्रायोजक एचएमसी दहुआले दहुआ ब्राण्डका नेटवर्किङ प्रडक्टहरू, वायरलेस क्यामेरा, सीसीक्यामेरा, स्मार्ट बोर्ड तथा अन्य सेक्युरिटी प्रडक्टहरू विशेष छुटसहित प्रदर्शनीमा राखेको छ।

इन्फोडेभलपर्स प्रालिले आफ्ना सहकारीका लागि चाहिने कोर बैंकिङ सफ्टवेयर तथा मोबाइल बैंकिङ सफ्टवेयर तथा बैंक तथा वित्तीय संस्थाहरूका लागि बजेट, रिकन्सिलेसन सफ्टवेयर लगायतमा ७५ प्रतिशतसम्म छुट घोषणा गरेको छ। त्यस्तै पेनाहक टेक्नोलोजी विभिन्न सफ्टवेयर सोलुसन्समा ५० प्रतिशतसम्म छुट दिइएको छ।

त्यसैगरी आठ हजारभन्दा बढी ग्राहक भएको हाइटेक सोलुसन्सले आफ्नो बिजनेस अकाउन्टिङ ईआरपीमा पनि क्यान इन्फोटेक अवधिभर भारी छुट दिने घोषणा गरेको छ। मर्कन्टाइल अफिस सिस्टमले प्रदर्शनीमा राखेका निट्रो, प्रिडेटर लगायतका एसर गेमिङ नोटबुकमा पनि अवलोकर्ताले विशेष चासो देखाएका छन्।

शनिबार डिजिटल भुक्तानी सेवा प्रदायक ईसेवाको स्टलमा कम्पनीका ब्राण्ड एम्बास्डर एवं महानायक राजेश हमाल आउँदा क्यान इन्फोटेकको माहोल थप बढेको थियो। साथै महानायक हमालले अन्य स्टलमा समेत पुगी नेपालमा उपलब्ध पछिल्ला प्रविधिका साथै युवाका उत्पादन एवं आविष्कारको प्रत्यक्ष अवलोकन गरेका थिए।

आयोजक क्यान महासंघले पनि फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालमा नियमित रुपमा विभिन्न अनलाइन कन्टेस्ट आयोजना गरी सूचना प्रविधिप्रेमी व्यक्तिहरूलाई निःशुल्क प्रवेश टिकेट र उपहारहरू प्रदान गरिरहेको छ।

प्रदर्शनीमा नेपाली स्टार्टअप र इनोभेसनबारे बुझ्न चाहने अवलोकनकर्ताको संख्या पनि उल्लेख्य रहेको क्यान महासंघका अध्यक्ष रणजीत पोदारले बताए। उनका अनुसार क्यान इन्फोटेकमा स्टार्टअप तथा इनोभेसन प्याभिलियनमा निःशुल्क स्टलको व्यवस्था गरिएको छ। डिजिटल नेपाल निर्माणका लागि सर्वसाधारणलाई प्रविधिबारे सचेतना गर्न तथा यस क्षेत्रमा प्रोत्साहन गर्न इन्फोटेकले आधारशीलाको काम गरेको उनको भनाइ छ।

करिब १५० स्टल रहेको इन्फोटेकमा इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटी सोलुसन, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिस्टम, कम्प्युटर एक्सेसरिज, एन्टिभाइरस सफ्टवेयर, बैंकिङ सोलुसन, सीसीटीभी, हार्ड डिस्क जस्ता उत्पादनका स्टलसमेत छन्। त्यसैगरी, आईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सेल्फ लर्निङ सफ्टवेयर तथा ट्युटोरियल आदि समेत प्रदर्शनीका आकर्षणको रुपमा रहेका छन्।

क्यान इन्फोटेकलाई सर्वसाधारणसँगै विशिष्ट व्यक्तिहरूले पनि अवलोकन गर्ने क्रम जारी छ। यसअन्तर्गत शनिबार नेपाल सरकारका पूर्व मुख्य सचिव लिलामणि पौडेल, पूर्व अर्थमन्त्री युवराज खतिवडा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री कविन्द्र बुर्लाकोटीसहित विभिन्न क्षेत्रका प्रतिनिधिहरू, कलाकार तथा सूचना प्रविधिप्रेमीले मेला अवलोकन गरेका थिए।

सो क्रममा प्रविधिको विकास र विस्तारका लागि इन्फोटेक साझा प्लेटफर्म बनेको प्रतिक्रिया दिए। साथै नेपाली प्रतिभा र आविष्कारलाई नीतिगत तवरबाटै प्रोत्साहन हुनुपर्नेमा उनीहरूले जोड दिएका थिए। क्यान इन्फोटेक सोमबार (माघ २९) सम्म सञ्चालन हुनेछ।

क्यान इन्फोटेक २०२४ को शीर्ष प्रायोजन एस पावर बीपीई प्राइभेट लिमिटेड र सह-प्रायोजकमा एचएमसी दहुआ रहेको छ। प्रायोजनका आधारमा यस बृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनीको आधिकारिक नाम ‘एस पावर क्यान इन्फोटेक २०२४ इन एसोसिएसन विथ एचएमसी दहुआ’ रहेको छ ।

त्यस्तै क्यान इन्फोटेक २०२४ प्लाटिनम स्पोन्सरमा लर्डबुद्ध एजुकेसन फाउन्डेसन, डायमन्ड स्पोन्सरमा नेपाल टेलिकम तथा गोल्ड स्पोन्सरहरूमा इन्फोडेभलपर्स प्रा लि र मर्कन्टाइल अफिस सिस्टम प्रा लि रहेका छन्। त्यस्तै सिल्भर स्पोन्सरहरूमा अर्न सिक्का (अनलिमिटेड टेक्नोलोजी प्रालि), इन्सेसेन्ट रेन प्रा लि र हिमकम एनटेक रहेका छन्।

प्रदर्शनीको टिकेटिङ पार्टनरमा ईसेवा प्रालि, इन्टरनेट पार्टनरमा डिश मिडिया नेटवर्क प्रा लि, इनोभेसन पार्टनरमा एड्रेसग्राफ नेपाल प्रा लि, इन्स्योरेन्स पार्टनरमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड, ट्रेनिङ पार्टनरमा ब्रोडवे इन्फोसिस प्रा लि, डिजिटल डिस्प्ले पार्टनरमा डिलक्स रेडियो सर्भिस, एजुकेसन पार्टनरमा पाटन कलेज फर प्रोफेसनल स्टडिज (पीसीपीएस कलेज) रहेका छन्।

त्यस्तै फुड एन्ड बेभरेज पार्टनरमा र्‍याकेट बार एन्ड इभेन्टस र फाइबसाइट सोलुसन प्रा लि, भर्चुअल एक्जिबिसिन पार्टनरमा मण्डला सिस्टम प्राइभेट लिमिटेड, ईआरपी पार्टनरमा डाईनामीक टेक्नोसफ्ट प्रा.लि., स्मार्ट गेट पार्टनरमा बारकोट नेपाल, सीसीटीभी पार्टनरमा एचएमसी दहुआ र एसएमएस पार्टनरमा जानकी टेक्नोलोजी प्रा लि रहेका छन्।

प्रकाशित: २०८० माघ २८ गते आईतबार ०१:१८
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि नेपाल टेलिकमको ५९९ रुपैयाँको प्याकेज, दैनिक ८ जीबी डेटा

नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ लाई लक्षित गर्दै ‘एनपीएल अनलिमिटेड प्याकेज’ सार्वजनिक गरेको छ। कम्पनीले प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्तालाई लक्षित गरी ५९९ रुपैयाँमा...

प्रयोगकर्ताको डेटा दुरुपयोग गरेको आरोपमा मेटालाई २५ अर्ब डलर जरिवाना

यो मेटाविरुद्ध हालसम्म तोकिएको सबैभन्दा ठूलो जरिवाना हो। राज्यका कानुन व्यवसायीका अनुसार मेटाको गलत जानकारी र डेटा व्यवस्थापनसम्बन्धी गतिविधिबाट न्यु मेक्सिकोका करिब २० लाख बासिन्दा प्रभावित...

पीएचपीमा गम्भीर सुरक्षा कमजोरी फेला परेपछि नेपालका अधिकांश सरकारी वेबसाइट बन्द

काठमाडौँ: विश्वभर पीएचपी प्रविधिमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण नेपालका अधिकांश सरकारी वेबसाइट तथा अनलाइन प्रणालीहरू अस्थायी रूपमा बन्द गरिएको छ। सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र...

एआईले खोल्दैछ इतिहासका पुराना रहस्य

दुई सय वर्षभन्दा बढी समयदेखि रहस्य बनेको नेपोलियन बोनापार्टको युद्धकालीन गोप्य सन्देश कृत्रिम बौद्धिकता (एआई) को सहायताले केही घण्टामै पढ्न सकिएको छ। यसले ऐतिहासिक अभिलेखमा लुकेका रहस्य पत्ता...

१७ करोड खर्चिएर बनाएको मौसमी रडार २ वर्षदेखि बन्द, तीन प्रदेशको पूर्वसूचना प्रणाली प्रभावित

करोडौँ रुपैयाँ खर्चेर स्थापना गरिएको यो प्रविधि लामो समयदेखि बन्द हुँदा त्यसबाट प्राप्त हुनुपर्ने तथ्यांक र सूचनाको उपयोग गर्न सकिएको छैन।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना