२०८३ कार्तिक १५ गते शनिवार

घरघर छिर्न थाले बाँदर र बँदेल, बाटैभरि चितुवा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

गलेश्वर, माघ २८
badar monkey

गलेश्वर (म्याग्दी)- केही दिनअघि म्याग्दीको बेनी नगरपालिका–८ जलेश्वरका इन्द्र बरुवालको खेतबारीमा लगाएको तरकारी एक हुल बाँदरले नष्ट गरेका छन्। करिब दुई सयको सङ्ख्यामा आएका बाँदरले छानामा राखेको फर्सी पनि छोडेनन्।

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोट र वडा नं २ रुममा बँदेलले खेतबारीमा रजाइँ गर्न थालेको धेरै भयो। गत साता घर भित्र नै बँदेल छिरेर टेकबहादुर विक र मङ्गल सुनारको परिवारलाई आतङ्कित बनायो।

बेनी–बागलुङ सडकमा चितुवालगायत जङ्गली जनावर गुडिरहेका सवारी साधनमा ठोक्किएर पछिल्लो एकसातायता दुईवटा दुर्घटना भएका छन्।

यी म्याग्दीमा जङ्गली जनावरले दुःख दिएका केही प्रतिनिधिमूलक घटनाहरु मात्र हुन्। विगत दुई वर्षयता जङ्गली जनावरको आतङ्क बढ्दै गएपछि पशुचौपायाका साथै मानिसलाई समेत खतरा उत्पन्न भएको स्थानीय बताउँछन्।

वन्यजन्तुले खेतीबाली र बाख्रा खान थालेपछि ग्रामीण क्षेत्रका बासिन्दा समस्यामा परेका छन्। सडक छेउछाउमा चितुवा देखिन थालेपछि दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ।

जङ्गल नजिकका गाउँमा चितुवा, बँदेल, बाघ, मृग, भालुलगायत जनावरले दुःख दिने क्रम बढेको मालिका–१ का तिलमाया पुनले बताए। उनका अनुसार पछिल्लो सयम चितुवाले खोरबाटै बाख्रा लगेपछि व्यावसायिक बाख्रापालन गर्दै आएका कृषक समस्या छन्।

बाँदर र बँदेलले खेतीबाली नष्ट गर्नुका साथै घरभित्र पसेर थन्काइएको अन्नसमेत खाने, स्थानीयलाई आतङ्कित बनाउने गरेको पुनले बताए।

‘मान्छेलाई नै आक्रमण गर्न खोज्छन्। अन्नबाली नष्ट गर्नुका साथै स्थानीयमा डर पैदा गरेका छन्’, जलेश्वरका इन्द्र बरुवालले भने। उनले दैनिकजसो बाँदरको उपद्रो नियन्त्रणका लागि सरोकारवाला निकायलाई सहयोगका लागि अनुरोध गरिरहेको बताए।

विगतमा देखिने बाँदरजस्तो नभई कुनै सहरी क्षेत्र वा धेरै मान्छेको हुलमुलबाट ल्याएको जस्तै देखिने बरुवालले बताए। उनका अनुसार एक पटक लखेटेका बाँदर फेरी बस्ती आसपासमा आउने गरेका छन्। समूहमा हिँड्ने र बालीनालीलाई एकैछिनमा सखाप पार्ने हुँदा किसान बाँदरबाट आक्रान्त बनेका उनको भनाइ थियो।

जलेश्वर र गलेश्वर क्षेत्रमा देखिएका बाँदरको चरित्र र आनीबानीबारे अनुसन्धान गर्न स्थानीयबासीले जनप्रतिनिधिलाई समेत अनुरोध गरेका छन्। पहिले जङ्गलमै भुल्ने बाँदर बस्तीतिर सरेपछि सर्तकता अपनाउनुपर्ने डिभिजन बन कार्यालय म्याग्दीले जनाएको छ।

फलफुलको सिजनमा बाँदर बस्तीतर्फ आउने र आङ्तक मच्चाउने गरेपनि बाँदर व्यवस्थापनका लागि ठोस नीति र कार्यक्रम तय गर्नु आवश्यक रहेको सहायक वन अधिकृत चन्द्रमणी सापकोटाले बताए। धपाउने, लखेट्ने परम्परागत विधिले मात्र अब बाँदर नियन्त्रण सम्भव नहुने उनको भनाइ थियो।

सापकोटाले बाँदरबाट प्रभावित किसानलाई बाँदरले प्रयोग नगर्ने वा वैकल्पिक पेसा रोज्नुपर्ने बताए। म्याग्दीका बस्तीमा बाँदरको आङ्तकले खेतीपाती र फलफुलको सिजनमा किसान चिन्तित हुने गरेका उनको भनाइ थियो।

बँदेलले रातारात आलु खेती नष्ट गर्ने क्रम बढेको आलु किसान बताउँछन्। हुलकाहुल आउने बँदेलले एक रातमा ठूलो क्षेत्रको आलु खेती नष्ट गरेका मालिका–१ का किसान टेकबहादुर पुनले बताए। ‘बाँदर र बँदेलले खेतीबाली नष्ट गरेर धेरै क्षति पु¥याइरहेका छन्’, उनले भने, ‘अझ चितुवाले बाख्रासमेत मार्ने क्रम बढ्दा धेरै कृषकले नोक्सानी व्यहोर्नुपरेको छ।’

बाँदर थपाउन खोज्दा उल्टै आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित छन्। बालबालिकालाई आक्रमण गर्ने चिन्ता बढेको स्थानीय बताउँछन्। पछिल्लो एकसाता यता बेनी–गलेश्वर सडकखण्ड आसपासका क्षेत्रमा ठूलो सङ्ख्यामा भेटिने बाँदर कतैबाट ल्याएर छोडेजस्तै देखिने स्थानीयको भनाइ छ।

बेनी नगरपालिका–३ लहरेनीका तिला चर्मकारले गाउँमा खेतीबाली र पशुचौपाया जङ्गली जनावरले नष्ट गरिदिन थालेपछि आफूहरु हैरान परेको बताए। ‘दिनमा बाँदरले सताउँछन्। राति चितुवा कति बेला खोरमै आएर बाख्रा, कुखुरा लैजान्छ पत्तो हुँदैन’, उनले भने, ‘यो गाउँका हरेकजसो घरका बाख्रा चितुवाले मारेको छ।’

‘जङ्गल क्षेत्रमा आहारा कम पाइन थालेकाले पनि हुन सक्छ जङ्गली जनावरको बिगबिगी गाउँ तथा बस्तीमा बढेको छ’, डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत सापकोटाले भने। यहाँका जङ्गल आसपासका क्षेत्रमा बस्ती विस्तार हुँदा चितुवाको बासस्थान सुरक्षित नहुनु, चितुवाको आहार प्रजातिमा उल्लेखनीय कमी आउनु, प्राकृतिक आनिवानीमा परिवर्तनलगायत कारणले चितुवालगायत जङ्गली जनावर आक्रामक बन्दै गएका उनले बताए।

वनजङ्गलमा लागेको डढेलोका कारण अहिले बासस्थान खलबलिएको अवस्थामा मानव र चितुवाको जम्काभेट हुनसक्ने सापकोटाले बताए। म्याग्दीमा चितुवाको सङ्ख्या बढेकाले आहाराको खोजीमा मानव बस्ती र सडक छेउछाउमा देखिन थालेका स्थानीयले बताएका छन्।

ग्रामीण क्षेत्रमा लगाइएका हिउँदे र बर्खे बाली जङ्गली जनावरबाट  जोगाउन स्थानीय रातभर जाग्राम बस्न थालेका छन्। जङ्गली जनावर मार्न नपाइने र धपाउनसमेत नसकिने भएपछि कृषकलाई सास्ती भएको कृषक बताउँछन्।

प्रकाशित: २०८० माघ २८ गते आईतबार ०३:११
प्रतिक्रिया

थप समाचार

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...

‘मिनी टिलर’ गोरुको विकल्प बन्दै

भोजपुर। दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पकारुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको सिद्धकाली सप्लार्यसका प्रोपाइटर बाजिम मगरले...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना