काठमाडौँ- अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गर्ने २ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
आइतबार बिहान अवैध रुपमा नदिजन्य पदार्थ चोरीनिकासी गररिहेको अवस्थामा ती ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
पोखरा महानगरपालिका-१६ स्थित अवैध रूपमा नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा ओसारपसार गरी रहेको अवस्थामा नियन्त्रणमा लिएको हो।
ग १ ख ८५८६ नम्बरको मिनिटिप्पर र बा २ ख ३०४६ नम्बरको टिप्परलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।
उनीहरूमाथि आवश्यक कारवाहीका लागि अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय पोखरा र आन्तरिक राजश्व कार्यालय पोखरा पठाइएको सूचना अधिकारी जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिए।


