२०८३ साउन १३ गते बुधबार

बागलुङमा ६ करोड बढी लागतमा पर्यटन पूर्वाधार निर्माण हुँदै

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ २९
p

ढोरपाटन (बागलुङ)- बागलुङमा वर्षौंदेखि चर्चामा आएका र ओझेलमा रहेका धार्मिक पर्यटकीय क्षेत्रलाई प्रवर्द्धन गर्न गण्डकी प्रदेश सरकारले प्राथमिकता दिएको छ। गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले यस वर्ष बागलुङका ७६ स्थानमा पर्यटकीय संरचना बनाउन थालेको छ।

जिल्लाका १० वटै पालिकामा पर्यटन पूर्वाधार बनाउनका लागि ६ करोड ४० लाख विनियोजन गरेको छ। पर्यटन तथा उद्योग कार्यालय बागलुङमार्फत योजना कार्यान्वयन हुन थालेका हुन्।

छैहत्तर योजनामध्ये हालसम्म ५८ योजना सम्झौता भएर कार्यान्वनमा रहेका छन् भने १८ योजना सम्झौताका चरणमा रहेका जनाइएको छ। ती मध्ये सबैभन्दा बढी २० योजना बागलुङ नगरपालिकामा परेका छन्। यसका लागि २ करोड ३५ लाख विनियोजन भएको पर्यटन तथा उद्योग कार्यालय बागलुङका प्रमुख पारसिंह थापाले जानकारी दिए। जैमिनी नगरपालिकामा १३ योजना परेका छन्। यसका लागि ९५ लाख विनियोजन भएको छ।

काठेखोला गाउँपालिकामा १५ योजनाका लागि ९० लाख, गलकोट नगरपालिकामा नौ योजनाका लागि ७० लाख बजेट विनियोजन भएको प्रमुख थापाको भनाइ छ। उनका अनुसार बडिगाड गाउँपालिकामा ५ वटा योजना परेका छन्। जसका लागि ३० लाख विनियोजन भएको छ। निसीखोला गाउँपालिकामा तीन वटा योजना छन् भने ३० लाख बजेट विनियोजन भएको छ।

ढोरपाटन नगरपालिकामा चार योजनाका लागि २५ लाख, ताराखोलामा तीन वटा योजनाका ३० लाख, बरेङ गाउँपालिकामा तीन योजनाका लागि २५ लाख, तमानखोलामा एउटा योजनाका लागि १० लाख बजेट विनियोजन भएका छन्। प्रमुख थापाले सबै योजना कार्यान्वनका लागि पालिकामै पुगेर उपभोक्ता समितिसँग सम्झौता गरेको जनाउँदै अझै केही बाँकी रहेकोमा केही समयमै सक्ने बताए। केही योजना सम्पन्न भइसकेको उनको भनाइ छ।

प्रमुख थापाले भने, ‘योजना कार्यान्वयनलाई प्रभावकारी बनाउँदै गएका छौँ, अधिकांश योजना सम्झौता भएर धमाधम काम भइरहेका छन्, यही गतिमा काम हुँदै गए, असार मसान्तअगावै सबै योजना सकिने सम्भावना देखिन्छ, केही योजना त सम्पन्न पनि भइसके, १० वटै पालिकामा थोरै धेरै योजना छन्, हामीहरुले अनुगमन गर्ने र कामको गुणस्तर पनि हेरि रहेका छौँ।’

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले पर्यटनबाटै जिल्लामा समृद्धि हासिल गर्न सकिने हुँदा सबै ठाउँमा पर्यटन पूर्वाधार निर्माणमा जोड दिएको बताए। यस वर्ष बागलुङलगायत गण्डकीका ११ वटै जिल्लामा पदमार्गलाई मुख्य प्राथमिकता दिएको उनको भनाइ छ। सडकले गर्दा पर्यटकको बसाइँ छोटिने हुँदा पदमार्ग निर्माणमा जोड दिएको मन्त्री थापाले बताए। पर्यटन मन्त्रालयले ओझेलमा रहेका गन्तव्यको पहिचान गरी प्रवर्द्धन र प्रचारप्रसार गर्न थालेको उनको भनाइ छ।

‘अझैसम्म धेरै पर्यटकीय ठाउँमा पुग्न समस्या छ, कतै सडक छैन, कतै पदमार्ग छैनन् त कतै अन्य संरचना बन्न सकेका छैनन्, ती गन्तव्यमा भौतिक संरचना निर्माण गर्ने र प्रचारप्रसारलाई तीव्रता दिन मन्त्रालय लागि परेको छ, यस वर्ष बागलुङसहित ११ वटै जिल्लामा पदमार्गको अवधारणा लिएर काम गरि रहेका छौँ, मोटरबाटोले पुराना संरचना ध्वस्त बनाएको छ, मौलिकता गुमाएको छ भने बाहिरबाट आउने पर्यटकलाई धेरै दिन रोक्न सकेको छैन, त्यसले गर्दा अब पदमार्गलाई मुख्य प्राथमिकतामा राख्नुपर्छ, त्यही हिसाबले हामीहरु काम गर्न लागि रहेका छौँ।

जिल्लामा परेको ७६ योजनामध्ये करिब ९५ प्रतिशत पदमार्गका छन् भने केही पाटी पौवा र सत्तल छ। पदमार्गलाई व्यवस्थित र पक्की बनाइने पर्यटन तथा उद्योग कार्यालय बागलुङले जनाएको छ।

प्रकाशित: २०८० माघ २९ गते सोमबार ०८:१५
प्रतिक्रिया

थप समाचार

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति

काठमाडौँ:  आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न विवादपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। बुधबार...

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त पक्राउ

काठमाडौँः बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा प्रवाहमा भएको अनियमिततासम्बन्धी...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना