पाल्पा– पाल्पामा जिप दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।
पाल्पा जिल्ला तिनाउ गाउँपालिका-६ मस्याममा दुर्घटना भएको उक्त वडाका वडाध्यक्ष टोमबहादुर पुनले बताए।
लु ख १ ज २३७१ नम्बरको जिप डुम्रेबाट शिखरडाँडा जाँदै गर्दा मंगलबार साँझ पौने ५ बजे दुर्घटना भएको हो।
मृतक र घाइतेको पहिचान खुल्न बाँकी छ।
जिल्ला प्रहरी कार्यालयले घटनास्थलमा उद्धारको काम भइरहेको र सबैलाई उपचारका लागि अस्पताल पठाउने काम भइरहेको जानकारी दिएको छ। प्रहरीले भने मृतकको संख्या खुलाएको छैन।
मृत्यु तथा घाइते हुनेहरुमध्ये अधिकांश स्थानीय चिदिस गाउँका रहेको बताइएको छ।
