२०८३ कार्तिक ११ गते मङ्गलबार

नाफा घटेपछि टेलिकमले भन्यो- बिजुली आपूर्ति सहज भएन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण १
ntc

काठमाडौँ–  चालु आर्थिक वर्ष २०८०-८१ को दोस्रो त्रैमासमा नेपाल टेलिकमको कूल आय घटेको तथ्याङ्क सार्वजनिक भएको छ। गत आर्थिक वर्ष २०७९-८० को पुस मसान्तसम्मको अवधिमा ७९ करोड १७ लाख ५७ हजार रुपैयाँले कूल आय घटेको हो।

टेलिकमले गत आर्थिक वर्षको दोस्रो त्रैमासमा २२ अर्ब १० करोड ११ लाख ३७ हजार रुपैयाँ आम्दानी गरेको थियो। चालू आर्थिक वर्षको सोही अवधिमा भने २१ अर्ब ३० करोड ९३ लाख ७९ हजार रुपैयाँ मात्रै आम्दानी भएको टेलिकमले जनाएको छ। यो गत वर्षको यही अवधिको तुलनामा ३.५८ प्रतिशतले कम हो।

यस्तै, दोस्रो त्रैमाससम्ममा १७ अर्ब २४ करोड ६७ लाख ७९ हजार रुपैयाँ सञ्चालन आम्दानी रहेको बताइएको छ। गत आर्थिक वर्षको सोही अवधिमा १८ अर्ब ७ करोड ७३ लाख ४८ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो। यो ८३ करोड ५ लाख ६९ हजार रुपैयाँले न्यून हो।

सबैजसो आम्दानी घटेपछि टेलिकमको खुद नाफामा समेत गिरावट आएको छ। यस अवधिमा टेलिकमको खुद नाफा ३२ करोड ३३ लाख ७३ हजार रुपैयाँले घटेको छ।

चालू वर्षको दोस्रो त्रैमासमा ३ अर्ब ९३ करोड १४ लाख ३ हजार रुपैयाँ खुद नाफा रहेकामा गत आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब २५ करोड ४७ लाख रुपैयाँ खुद नाफा थियो। यो चालू वर्षको तुलनामा ७.६० प्रतिशतले बढी हो।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी यस त्रैमासिक अवधिमा ४३.६८ रुपैयाँ रहेको जनाइएको छ। नाफादेखि सबै सूचक घट्नुमा ओटीटी सेवाको बढ्दो प्रयोग रहेको टेलिकमले बताएको छ। अन्तरआबद्धतामा गत आर्थिक वर्षको तुलनामा चालू वर्षको दोस्रो त्रैमाससम्ममा ५२ करोड ९२ लाख ७५ हजारले कमी आएको छ।

यस्तै, आम्दानीदेखि सञ्चालन आय र नाफा घट्नुको अन्य कारणका रुपमा बिजुलीका असहज आपूर्ति, दुर्गम तथा विकट क्षेत्रमा कम प्रतिफलमा सेवा विस्तारलगायतका कारणसमेत रहेको बताइएको छ।

‘मौसमको प्रतिकूल असरले गर्दा विद्युत आपूर्ति तथा मर्मत सम्भार कार्य समयमा हुन नसकेकाले साइटहरू समयमा सञ्चालन हुन नसकेको’ टेलिकमले उल्लेख गरेको हो।

यस्तै ओटीटी सेवाको बढ्दो प्रयोग, सेवाको दर परिवर्तन र ब्याजदर परिवर्तनलाई पनि टेलिकमले नाफा घट्नुको मुख्य कारण मानेको छ।

प्रकाशित: २०८० फाल्गुण १ गते मङ्गलबार ०७:०८
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि नेपाल टेलिकमको ५९९ रुपैयाँको प्याकेज, दैनिक ८ जीबी डेटा

नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ लाई लक्षित गर्दै ‘एनपीएल अनलिमिटेड प्याकेज’ सार्वजनिक गरेको छ। कम्पनीले प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्तालाई लक्षित गरी ५९९ रुपैयाँमा...

प्रयोगकर्ताको डेटा दुरुपयोग गरेको आरोपमा मेटालाई २५ अर्ब डलर जरिवाना

यो मेटाविरुद्ध हालसम्म तोकिएको सबैभन्दा ठूलो जरिवाना हो। राज्यका कानुन व्यवसायीका अनुसार मेटाको गलत जानकारी र डेटा व्यवस्थापनसम्बन्धी गतिविधिबाट न्यु मेक्सिकोका करिब २० लाख बासिन्दा प्रभावित...

पीएचपीमा गम्भीर सुरक्षा कमजोरी फेला परेपछि नेपालका अधिकांश सरकारी वेबसाइट बन्द

काठमाडौँ: विश्वभर पीएचपी प्रविधिमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण नेपालका अधिकांश सरकारी वेबसाइट तथा अनलाइन प्रणालीहरू अस्थायी रूपमा बन्द गरिएको छ। सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र...

एआईले खोल्दैछ इतिहासका पुराना रहस्य

दुई सय वर्षभन्दा बढी समयदेखि रहस्य बनेको नेपोलियन बोनापार्टको युद्धकालीन गोप्य सन्देश कृत्रिम बौद्धिकता (एआई) को सहायताले केही घण्टामै पढ्न सकिएको छ। यसले ऐतिहासिक अभिलेखमा लुकेका रहस्य पत्ता...

१७ करोड खर्चिएर बनाएको मौसमी रडार २ वर्षदेखि बन्द, तीन प्रदेशको पूर्वसूचना प्रणाली प्रभावित

करोडौँ रुपैयाँ खर्चेर स्थापना गरिएको यो प्रविधि लामो समयदेखि बन्द हुँदा त्यसबाट प्राप्त हुनुपर्ने तथ्यांक र सूचनाको उपयोग गर्न सकिएको छैन।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना