२०८३ साउन १३ गते बुधबार

नाफा घटेपछि टेलिकमले भन्यो- बिजुली आपूर्ति सहज भएन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण १
ntc

काठमाडौँ–  चालु आर्थिक वर्ष २०८०-८१ को दोस्रो त्रैमासमा नेपाल टेलिकमको कूल आय घटेको तथ्याङ्क सार्वजनिक भएको छ। गत आर्थिक वर्ष २०७९-८० को पुस मसान्तसम्मको अवधिमा ७९ करोड १७ लाख ५७ हजार रुपैयाँले कूल आय घटेको हो।

टेलिकमले गत आर्थिक वर्षको दोस्रो त्रैमासमा २२ अर्ब १० करोड ११ लाख ३७ हजार रुपैयाँ आम्दानी गरेको थियो। चालू आर्थिक वर्षको सोही अवधिमा भने २१ अर्ब ३० करोड ९३ लाख ७९ हजार रुपैयाँ मात्रै आम्दानी भएको टेलिकमले जनाएको छ। यो गत वर्षको यही अवधिको तुलनामा ३.५८ प्रतिशतले कम हो।

यस्तै, दोस्रो त्रैमाससम्ममा १७ अर्ब २४ करोड ६७ लाख ७९ हजार रुपैयाँ सञ्चालन आम्दानी रहेको बताइएको छ। गत आर्थिक वर्षको सोही अवधिमा १८ अर्ब ७ करोड ७३ लाख ४८ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो। यो ८३ करोड ५ लाख ६९ हजार रुपैयाँले न्यून हो।

सबैजसो आम्दानी घटेपछि टेलिकमको खुद नाफामा समेत गिरावट आएको छ। यस अवधिमा टेलिकमको खुद नाफा ३२ करोड ३३ लाख ७३ हजार रुपैयाँले घटेको छ।

चालू वर्षको दोस्रो त्रैमासमा ३ अर्ब ९३ करोड १४ लाख ३ हजार रुपैयाँ खुद नाफा रहेकामा गत आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब २५ करोड ४७ लाख रुपैयाँ खुद नाफा थियो। यो चालू वर्षको तुलनामा ७.६० प्रतिशतले बढी हो।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी यस त्रैमासिक अवधिमा ४३.६८ रुपैयाँ रहेको जनाइएको छ। नाफादेखि सबै सूचक घट्नुमा ओटीटी सेवाको बढ्दो प्रयोग रहेको टेलिकमले बताएको छ। अन्तरआबद्धतामा गत आर्थिक वर्षको तुलनामा चालू वर्षको दोस्रो त्रैमाससम्ममा ५२ करोड ९२ लाख ७५ हजारले कमी आएको छ।

यस्तै, आम्दानीदेखि सञ्चालन आय र नाफा घट्नुको अन्य कारणका रुपमा बिजुलीका असहज आपूर्ति, दुर्गम तथा विकट क्षेत्रमा कम प्रतिफलमा सेवा विस्तारलगायतका कारणसमेत रहेको बताइएको छ।

‘मौसमको प्रतिकूल असरले गर्दा विद्युत आपूर्ति तथा मर्मत सम्भार कार्य समयमा हुन नसकेकाले साइटहरू समयमा सञ्चालन हुन नसकेको’ टेलिकमले उल्लेख गरेको हो।

यस्तै ओटीटी सेवाको बढ्दो प्रयोग, सेवाको दर परिवर्तन र ब्याजदर परिवर्तनलाई पनि टेलिकमले नाफा घट्नुको मुख्य कारण मानेको छ।

प्रकाशित: २०८० फाल्गुण १ गते मङ्गलबार ०७:०८
प्रतिक्रिया

थप समाचार

नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्‍याउन सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ: सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारका लागि देखिएका समस्या तत्काल समाधान गर्न र सम्भव भएसम्म टेलिकमका सबै टावरमा भरपर्दो विद्युत्...

एससीटीलाई सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय मान्यता

काठमाडौँ: नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त भुक्तानी प्रणाली सञ्चालक स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड आईएसओ/आईईसी...

व्हाट्सएपमा फोन नम्बर बिना कुराकानी गर्ने ‘युजरनेम’ सुविधा आउँदै

काठमाडौँ: मेटाको स्वामित्वमा रहेको व्हाट्सएपले प्रयोगकर्ताले आफ्नो फोन नम्बर सार्वजनिक नगरी सम्पर्क गर्न सक्ने नयाँ ‘युजरनेम’ सुविधा ल्याउने तयारी गरेको छ। कम्पनीले यसका लागि युजरनेमको...

चीनमा उड्ने कारको विकास, परीक्षणको तयारी हुँदै

काठमाडौँः उच्चतम प्रविधिको विकासमा अग्रणी चीनले उड्ने कार (फ्लाइङ कार)को विकासलाई तिब्रता दिएको छ । चीनका विमानन कम्पनीहरूले व्यवहारिक रूपमा प्रयोग गर्न मिल्ने उड्ने कारको विकासमा समय र स्रोतसाधनको...

एआईको तीव्र विकाससँगै ठूलो लगानी गर्दै दक्षिण कोरिया

सियोल, एएफपी। कृत्रिम बौद्धिकता (एआइ) चलाउन आवश्यक साधनहरूको ठूलो मागले दक्षिण कोरियालाई चीनजस्ता प्रतिस्पर्धीहरूविरुद्ध आफ्नो ‘चिप’ उद्योगलाई बलियो बनाउने अवसर दिएको विश्लेषकहरूले बताएका...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना