काठमाडौँ- प्रत्येक वर्ष १४ फेब्रुअरीमा ‘भ्यालेन्टाइन डे’लाई लक्षित गर्दै सहरी क्षेत्रका गिफ्ट पसल सजाइएका छन्।
प्रेमीप्रेमीकाहरूबीच आपसमा दिने उपहार किन्ने ग्राहक तान्नका लागि उपत्यकाका सपिङ मल र उपहार पसलहरूबीच सजाउने प्रतिस्पर्धा छ।
प्रणय दिवसमा प्रेमीप्रेमिकालाई उपहार दिने संस्कृति नै विकास भइसकेकाले उपहार बिक्रीको मौकाका रूपमा व्यवसायीले लिँदै आएका छन्।
प्रणय दिवसको पूर्वसन्ध्यामा काठमाडौँ उपत्यकाका केही मलपसलसम्म पुगेर हामीले तस्बिर संकलन गरेका छौँ।
















्

