पाटन- चिनियाँ नयाँ वर्ष ‘ड्रागन लुनार’का अवसरमा पाटन दरबार स्क्वायरमा विशेष सांस्कृतिक कार्यक्रम गरिएको छ।
कार्यक्रममा पुगेर नेपालका लागि चिनियाँ राजदूत छेन सोङले शुभकामना व्यक्त गरेका छन्।
कार्यक्रममा चिनियाँ जनजीवन झल्काउने सांस्कृतिक नृत्य, गीतसंगीत समेत प्रस्तुत गरिएको थियो।

















