काठमाडौँ- अमेरिका पुर्याइदिने प्रलोभन देखाएर भारतीयहरूलाई काठमाडौँ ल्याइने गरेको खुलासा भएको छ।
मानव तस्करहरूले यसरी भारतबाट काठमाडौँ ल्याएर बन्धक बनाइएका केही व्यक्तिलाई प्रहरीले उद्धार गरेसँगै यो तथ्य सार्वजनिक भएको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंको विशेष टोलीले ७ जना भारतीय नागरिकलाई काठमाडौँको रातोपुल क्षेत्रबाट उद्धार गरेको छ।
अमेरिका पुर्याइदिने प्रलोभन देखाएर उनीहरूबाट मानव तस्करले ठूलो परिणाममा रकम असुली गरेको प्रहरीको प्रारम्भिक अुनस्धानले देखाएको छ।
तस्करको समूहले उनीहरूलाई राख्नका लागि घर नै भाडामा लिएको समेत पाइएको प्रहरीको दाबी छ।


