२०८३ साउन १३ गते बुधबार

भानुभक्तीय रामायणको मैथिल अनुवाद विमोचित

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण २
maithil_ramayan
कांग्रेस नेता निधि-विमोचन पाटन (ललितपुर), २ फागुन : मामाघर आश्रमद्वारा बुधबार ललितपुरको बाँडेगाउँमा आयोजित कार्यक्रममा मैथिली भाषामा लिखित ‘अर्चनाकृत रामायण’ को बिमोचन गर्नुहुँदै पूर्वउपप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि, राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा लगायत। तस्बिर : माधवप्रसाद घिमिरे/रासस

पाटन (ललितपुर)- नेपाली भाषामा लेखिएको रामायणमा आधारित भई मैथिली भाषामा लेखिएको ‘अर्चनाकृत रामायण’ विमोचन गरिएको छ।

मामाघर आश्रमद्वारा बाँडेगाउँमा आयोजित कार्यक्रममा पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले ‘वाल्मीकि रामायण’ र ‘रामचरितमानस’ रामायणका आधारमा पत्रकार अर्चना झाद्वारा मैथिली भाषामा लिखित रामायणको विमोचन गरे।

पूर्वउपप्रधानमन्त्री निधिले रामायणको लेखनबाट झाले आफू, आफ्नो परिवारका साथसाथै भाषा र संस्कृतिलाई अमर बनाएको धारणा राखे। उनले रामायणमा रामसँगै सीताको पनि चर्चा गरिनुपर्ने बताउनुहुँदै सीताविना रामको कथा अधुरो हुने धारणा राखे।

‘सीताको बर्णन ओझेलमा परिरहेको छ। सीता नेपाली चेली हुन्। मैले मेरो आँखाले हेर्दा रामायण भनेको धार्मिक ग्रन्थ मात्रै हैन, राजनीतिक प्रेरणादायी कथाको स्रोत हो। यसलाई बृहत् ढङ्गले हेर्नुपर्छ र बृहत् ढङ्गले व्याख्या गर्नुपर्छ’, नेता निधिले भने।

उनले रामायणलाई हेर्ने दृष्टिकोणमा धेरै कुरा निर्भर हुने भन्दै रामायण संसारको सबैभन्दा प्रेरणादायी राजनीतिक ग्रन्थ भएको उल्लेख गरे। उनले आजको पुस्ताले रामायणलाई धार्मिक पुस्तक वा राम र सीताको कथामा मात्रै सीमित नगरी राजनीतिकरुपमा पनि हेरिनुपर्ने र त्यसबाट शिक्षा लिनुपर्ने धारणा राखे।

प्रकाशित कृतिमाथि समीक्षा गर्दै राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले रामायणमा रामको मात्रै चर्चा बढी गरिएको बताउँदै सीताको भूमिमा सीताको चर्चालाई व्यापकता दिइनुपर्नेमा जोड दिए।

‘मिथिलामा महिलालाई प्राथमिकता दिइन्छ, तर रामायणमा कम प्राथमिकता दिइएको पाइन्छ। पूर्वीय दर्शनमा लेखिएको सबै पुस्तकमध्ये रामायण सबैभन्दा बढी सङ्ख्यामा लेखिएको पुस्तक हो। यो जति सङ्ख्यामा अरु कुनै पनि पुस्तक लेखिएको छैन, आजको दिनमा रामायणको कुरा गर्दा हाम्रै भूमिमा जन्मिएको सीताबारे हाम्रैमा कम चर्चा हुने गरेको छ। तसर्थ हामीले सीतालाई पनि न्याय हुने तरिकाले व्याख्या गर्नुपर्ने स्थिति छ’, अध्यक्ष झाले भने।

उनले मैथिली भाषामा लेखिएको रामायण स्थानीय जनवनेलीमा लेखिएको र सबैले बुझ्नसक्ने पहिलो कृति भएको बताउँदै मैथिली समाजमा यसले भाषा कसरी लेख्ने भनेर एउटा बहस सृजना गर्ने बातावरण बनेको बताए।

साहित्यकार डा मञ्चला झाले मैथिली भाषामा अनुवाद गरेर लेख्ने आँट गरेकामा लेखक झाप्रति आभार व्यक्त गरे। उनले यो पुस्तक  सजिलैसँग बुझ्न सकिने बताए।

हालसम्म ५० वटाभन्दा बढी भाषामा रामायण लेखिएको बताएकी उनले पुस्तकको अनुवादले मैथिली भाषाको व्यापकतामा सहयोग पुगेको बताइन्।

हिन्दूहरुका भगवान रामबारेमा वर्णन गरेर वाल्मिकीले रामायणमा चित्रण गरेर राम नामको महिमालाई व्यापकता दिइएको उनको भनाइ थियो।

गद्यात्मक शैलीमा अनुवादित ‘अर्चनाकृत रामायण’मा करिब ६४ हजार शब्द रहेको अनुवादिका अर्चना झाले जानकारी गराइन्।

रामायणमा हिन्दू धर्मका देवता विष्णुको अवतार मानिने रघुवंशका राजा श्री राम र लक्ष्मी माताका अवतार सीता माताको गाथा लेखिएको छ। यसमा आठ वटा अध्याय छन् जसलाई काण्ड भनिन्छ।

नेपाली, हिन्दी, अङ्ग्रेजी, संस्कृत आदिलगायत भाषामा पढ्न पाइने रामायण अब प्राचीन मिथिलावासीले सरल मैथिली भाषामा सम्पूर्ण पढ्न पाउने अवसर मिलेको अनुवादिका झाले बताइन्।

यस किताबको सम्पादन वरिष्ठ साहित्यकार विनित ठाकुरले गर्नुभएको छ। महर्षी तथा संस्कृत भाषाका आदिकवि वाल्मिकी ऋषिद्वारा रचना गरिएको ‘वाल्मिकी रामायण’ त्रेतायुगमा भएको मानिन्छ।

पवित्र धार्मिकग्रन्थका रूपमा रहेको रामायणमा दशरथ, जनक, राम, सीता, कैकेयी, गुरु वशिष्ठ, भरत, सत्रुधन, लक्ष्मण, हनुमान, रावण, बाली, सुग्रिव, जटायु आदिलाई मुख्य पात्रकारुपमा चित्रित गरिएको छ।

मामाघर आश्रम आश्रमका अध्यक्ष श्री बालयोगेश्वर विजय कृष्णमूर्ति जी महाराजले अहोरात्र खटिएर पुस्तक प्रकाशन गरेकामा अनुवादिका झाप्रति हार्दिक आभार व्यक्त गरे।

प्रकाशित: २०८० फाल्गुण २ गते बुधबार ११:२९
प्रतिक्रिया

थप समाचार

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति

काठमाडौँ:  आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न विवादपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। बुधबार...

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त पक्राउ

काठमाडौँः बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा प्रवाहमा भएको अनियमिततासम्बन्धी...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना