२०८३ साउन १३ गते बुधबार

येशुलाई भेट्ने नाममा भोकभोकै बस्दा ४ जनाको मृत्यु, ११ को उद्धार

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख १
kenya yeshu
सांकेतिक तस्बिर।

नैरोबी- केन्याको तटीय शहर मालिन्दीमा येशुलाई भेट्न भोकै बस्दा ४ जनाको मृत्यु हुनुका साथै अन्य ११ जनाको उद्धार गरिएको प्रहरीले शुक्रबार पुष्टि गरेको छ।

उक्त क्षेत्रको एक निजी फार्ममा दर्जनौं मानिस येशुलाई भेट्ने नाममा भोकभोकै बसिरहेको सूचना प्राप्त भएपछि प्रहरी उद्धारका लागि त्यहाँ पुगेको प्रहरीले एक सुरक्षा रिपोर्टमा जनाएको छ।

‘येशुलाई प्रत्यक्ष भेट्ने’ तरिकाको एक भाग हो भनेर बताइएपछि पीडितहरू भोक सहेरै त्यहाँ बसिरहेका थिए। उनीहरूलाई यस किसिमको प्रचार गरी येशुलाई भेट्न विश्वास दिलाउने व्यक्ति गुड न्यूज इन्टरनेसनल चर्चका पास्टर थिए। उनलाई यसअघि पनि यस्तै अपराधमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

बिहीबार घटनास्थलको निरीक्षण गरेका सुरक्षा अधिकारीहरू केही घरधुरीमा पुग्न सफल भएका थिए र १५ जनालाई उद्धार गर्न सफल भएका थिए, जसमध्ये छ जनाको अवस्था गम्भीर थियो।

उद्धारपछि उनीहरूको उपचार सहयोग गर्न चिकित्सकलाई बोलाइएको थियो, तर यस क्रममा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

चर्चको भित्री सदस्य रहेका ती सूचनादाताले जङ्गलमा अज्ञात स्थानमा ३१ जनाको शव भेटिएको सामूहिक चिहानबारे प्रहरीलाई जानकारी गराएका थिए।

अधिकारीहरूले तटीय क्षेत्रमा बढ्दो धार्मिक वेथितिको निन्दा गर्दै यस मुद्दालाई सम्बोधन गर्न गम्भीर ध्यान र प्रयासको लागि आह्वान गरेका छन्।

प्रकाशित: २०८० बैशाख १ गते शुक्रबार ०९:५१
प्रतिक्रिया

थप समाचार

एल निनो तीव्र बन्दै, चरम खडेरी र मौसमी जोखिम बढ्ने

डब्लुएमओको मासिक विश्व मौसमी जलवायु अद्यावधिकअनुसार एल निनो अवस्था अहिले नै सुरु भइसकेको छ र जुलाईदेखि सेप्टेम्बरसम्म यो ‘बलियो’ स्तरमा पुग्ने उच्च सम्भावना रहेको छ।

जहाजको ल्यान्डिङ गियरमा लुकेर १३ वर्षीय बालक अफगानिस्तानबाट भारत पुगे

नयाँ दिल्ली –एक १३ वर्षीय बालक प्लेनको ल्यान्डिङ गियरमा लुकेर भारत पुगेका छन्। आइतबारको यो घटनापछि ती बालकलाई सोधपुछ गरी फेरि अफगानिस्तान फिर्ता पठाइएको छ। अफगानिस्तानको काम एयरलाइन्सको...

के अमर हुनु सम्भव छ ?

एजेन्सी। के अंग प्रत्यारोपणमार्फत अमर हुन सकिन्छ? यो रोचक विषयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच यसै साता बेइजिङमा चीनको सैन्य परेडको क्रममा भएको थियो। पुटिनले...

जेल बसेर रेकर्ड बनाएका व्यक्तिलाई १४ लाख डलर पुरस्कार!

टोकियो- हत्याको गलत आरोपमा दोषी ठहरिएर मृत्युदण्डको सजाय पाएका व्यक्ति जापानमा पुरस्कृत (क्षतिपूर्ति) भएका छन्। मृत्युदण्डको सजाय पाएर विश्वमा सबैभन्दा लामो समयसम्म जेल बसेका एक जापानी पुरुषलाई...

पोर्न फिल्म हेर्ने गरेको भन्दै १४ वर्षीय छोरालाई विष खुवाएर बुवाले गरे हत्या

काठमाडौं- १४ वर्षीया छोरालाई मारेको अभियोगमा भारतको महाराष्ट्रस्थित सोलापुर प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। ती व्यक्तिले छोरालाई विष खुवाएर हत्या गरेको प्रहरीको आरोप छ। मोबाइल फोनमा...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना