२०८३ कार्तिक २३ गते आईतबार

सुरक्षित आवासको पर्खाइमा शुक्लाफाँटाका मुक्त हलिया

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण ४
mukta haliya
कञ्चनपुर- डेढ दशकअघि हलियाबाट मुक्त भएका वैशाखा शिविरमा बस्दै आएका ५० वर्षीय हजारी लुहार सुरक्षित आवास पाउने आशमा बीस बढी पटक शुक्लाफाँटा नगरपालिका कार्यालय धाए।
आवास निर्माणबारे निर्णय नै भएको छैन भनेर उनलाई पटकपटक फकाइने गरिएको छ। दशकअघि उनलाई जग्गाको लालपुर्जा उपलब्ध गराइएको छ। ‘आवास निर्माणबारे अश्वासन दिइने गरिएको छ’, उनले भने, ‘अवास निर्माण गर्ने बजेट विनियोजन गरी कार्य अगाडि नबढाइँदा शिविरको झोपडीमा कष्टकर जीवन बिताउनु परेको छ।’
‘आवास पाइन्छ कि भन्ने आशमा पटकपटक नगरपालिका कार्यालय पुग्न मात्रै १२ हजारभन्दा बढी गाडी भाडामै रकम खर्च भइसकेको छ,’ उनले भने, ‘नगरपालिका आउजाउ गर्दा छिमेकीबाट लिएको सापटी रकम तिर्न सकेका छैनौँ, आवास पाइने आशा पनि अब मर्न थाल्यो।’ उनी जस्तै शिविरका कृष्ण लुहार पनि उस्तै दुखेसो छ। लालपुर्जा पाउनकै लागि  १० हजारभन्दा बढी खर्च भएको उनी सुनाउँछन्।
‘लालपुर्जा पाए पनि आवास निर्माणका लागि १०/१५ पटक नगरपालिका कार्यालय पुगेको छु’, उनले भने, ‘एक पटक आउजाउ गर्दा ३ सय जति खर्च हुन्छ, मजदुरी गरेर जीविका चलाउने भएकाले सधैँ नगरपालिका कार्यालय पुग्न सक्दैनौँ, गाडी भाडा तिरेर पुग्न सकिँदैन।’
मजदुरी गरेर जीविका चलाउँदै आएको उनी बताउँछन्। शिविरमा बनाइएको झोपडी वर्षातमा चुहिँदा अनिदोमै रात काट्नु पर्ने अवस्था छ भने हिउँदका बेला पर्याप्त ओढ्ने बिछ्याउने कपडा नहुँदा कठ्याङ्ग्रिँदो चिसोमा रात काट्नुपर्ने अवस्था रहेको उनले बताए।
आवास पाइए सुरक्षित तरिकाले बस्न पाइने आशाामा बसेको शिवु ओखेडाले बताए। ‘श्रीमान भारतमा रोजगारी गर्न गएकाले बालबच्चासहित असुरक्षित तरकाले झोपडीमा बस्दा सर्प, बिच्छीलगायत विषालु किरासँगै हिंस्रक जनावरको पनि उत्तिकै डर छ,’ परेवा लुहारले भने, ‘आवास पाइए सुरक्षित हुन्थ्यौँ भन्ने हो, पाइएको छैन।’ संविधानमै दलित समुदायका व्यक्तिलाई एकपटकका लागि घरबासका लागि जग्गा र आवास दिने कुरा उल्लेख भए पनि अहिलेसम्म संविधानप्रदत्त अधिकार पाउनबाट वञ्चित रहेको धनी लुहारले बताए।
पच्चिस परिवार मुक्त हलियालाई पुनः स्थापन गराउन खरिद गरिएको जग्गा आवास निर्माण गर्न उपयुक्त नरहेको उनी बताउँछन्। ‘तेर्सो गरेर कित्ताकाट गरिँदा उपलब्ध गराइएको जग्गामा न त घर नै बन्छ, न त आँगन नै,’ उनले भने, ‘पाँच धुर जग्गा उपलब्ध गराइएको छ,’ उनले भने, ‘घर बनाउन पनि नमिल्ने अवस्थाको रहेको छ, साँघुरो भएकाले घर बन्न कठिन छ।’ जग्गा थपे मात्रै आवास निर्माण हुन सक्ने उनले बताए।
प्राविधिकले गरेको त्रुटिका कारण जग्गा नाम मात्रैको उपलब्ध गराइएको मुक्त हलिया परिवारको गुनासो छ। राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहार मुक्त हलिया कार्यविधि पारित गरी अधुरो पुनः स्थापना कार्यलाई व्यवस्थित ढङ्गले हल गर्नुपर्ने बताउँछन्।
मुक्त हलिया परिवारलाई पुनः स्थापनासँगै आयआर्जन तथा रोजगारमूलक कार्यक्रमसँग जोडेर स्वरोजगार बनाउने दायित्व नगरपालिकाको भएको उनको भनाइ छ। कित्ता सानो बनाइँदा मुक्त हलिया पुनः स्थापनाको कार्य रोकिएको नगर प्रमुख रणबहादुर महराले बताए। ‘प्राविधिक त्रुटिका कारण रोकिएको छ,’ उनले भने, ‘यसबारे थुप्रै पटक छलफल भएको छ, कानुनी रुपमा कसरी अगाडि बढ्ने भन्नेबारे विश्लेषण गरिरहेका छौँ।’
दुई–दुईपटक आवास निर्माणका लागि बजेट विनियोन गर्दासमेत प्राविधिक कारणले आवास बन्न नसकेको उनको भनाइ रहेको छ। विसं २०७७ मा पुनःस्थापना गराउनका लागि जग्गा खरिद गरी लालपुर्जा मुक्त हलिया परिवारलाई उपलब्ध गराइएको थियो।
प्रकाशित: २०८० फाल्गुण ४ गते शुक्रबार ०८:४६
प्रतिक्रिया

थप समाचार

तिहारका लागि इन्द्रचोक असनमा किनमेल गर्नेहरूको भिड (फोटो)

तिहारको रौनकसँगै काठमाडौंका प्रमुख व्यापारिक केन्द्र असन र इन्द्रचोकमा किनमेल गर्नेहरूको बाक्लो भीड लागेको छ। असन र इन्द्रचोक क्षेत्रमा तिहारका लागि आवश्यक सामग्री खरिद गर्न सर्वसाधारणको...

तिहार कुर्दैन मखमली माला, भदौदेखि नै विदेश निर्यात

तिहार नजिकिएपछि बजारमा फूल तथा मालाको कारोबार बढ्न थाल्छ। तिहारमा विशेषगरी सयपत्री र मखमली फूलको माग बढी हुने गर्छ। चाडपर्वमा हुने मागलाई लक्षित गर्दै काठमाडौं उपत्यकाका किसानहरू मखमली तथा...

सामाजिक सुरक्षासम्बन्धी कार्यविधि स्वीकृत: श्रमिकको ज्याला खातामा, सामाजिक सुरक्षा अनिवार्य

कार्यविधिअनुसार निर्माण र परामर्श सेवामा रोजगारदाताको २० प्रतिशत सामाजिक सुरक्षा योगदानमध्ये १० प्रतिशत सरकारले व्यहोर्नेछ।

वनको कानुनमा अल्झियो सुर्खेत–दैलेख १३२ केभी प्रशारण लाइनको काम

सुर्खेत: कर्णाली प्रदेशमा गुणस्तरीय बिजुली पुर्‍याउन थालिएको सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन वन सम्बन्धी कानुनी झन्झटमा अल्झिएको छ। कोहलपुर–सुर्खेत–दैलेख आयोजनाअन्तर्गतको यो खण्ड...

कालीमाटीमा तिहारका लागि फूल किन्ने र बेच्नेको चहलपहल (फोटो)

तिहार नजिकिएसँगै काठमाडौंको कालीमाटी बजारमा फूल किन्ने र बेच्नेहरूको चहलपहल बढेको छ। बजारमा सयपत्री र मखमली फूल तथा फूलमाला बिक्रीका लागि राखिएका छन्। तिहारमा घर सजाउन, पूजाआजा गर्न र दिदीबहिनीले...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना