२०८३ साउन १३ गते बुधबार

आँखैअघि गौरीशंकर [फोटो फिचर]

 |  मनिष अर्याल
Sanket

मनिष अर्याल

काठमाडौँ, फाल्गुण ५
cherdung_dolakha-6

दोलखा- वसन्त ऋतुको आगमन सँगै घुमफिरमा जानेहरू बढ्न थालेका छन्। काठमाडौँबाट एक दिनको ड्राइभमा पुग्न सकिने चेर्दुङमा पर्यटकीय गतिविधि बढ्न थालेको छ। गारीशंकर हिमालदेखि सगरमाथा र नुम्बुरसम्मका रमणीय स्थान नियाल्न सकिने भएकाले चेर्दुङप्रति पर्यटक आकर्षित हुने गरेका हुन्।

दोलखा जिल्लाको जिरीको शिर भएर उभिएको सुन्दर डाँडा हो चेर्दुङ। यसको सुन्दरताका कारण कतिपयले यसलाई ‘नेपालको स्वीटरल्यान्ड’ पनि भन्ने गरेका छन्। जिरीलाई काखमा राखेर चेर्दुङ डाँडाले अभिभावकत्वको भूमिका निभाईरहेको चेर्दुङ समुन्द्र समहबाट करिब ३७०० मिटरको उचाईमा छ।

प्राकृतिक मनोरम र सांस्कृतिक वैभवका रूपमा हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल पनि हो। डाँडाको सुन्दर पाखामा खुल्ला आकाशमुनि महादेव शीला छ। भक्तजनले चढाएका त्रिशूल प्रशस्तै छन्। ध्वजा तथा पाताकाले शीलालाई सिँगारिएको छ। वरिपरि लुङ्दर टाँगिएको छन्। चण्डीपूर्णिमा र राम्बोले पूर्णिमामा यहाँ विशेष मेला लाग्दछ। यहाँ पूजा गर्नाले रोगव्याधि नलाग्ने, चिताएको पुग्ने र जंगली जनावरले दुःख नदिने जनविश्वास छ।

चेर्दुङ डाँडैबाट सगरमाथाको चुचुरो देखिनुका साथै गौरीशंकर र नुम्बुर हिमाल आँखै अगाडि ठोकिन पुग्छन्। रामदुङ, छेकिगो, टासीलाप्सा, आमाबामरेजस्ता दर्जनौं हिमशृंखलाको मनोरम दृश्य देख्न सकिन्छ। डाँडाबाट दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौं, सिन्धुली, ओखलढुंगा, सोलुखुम्बुलगायतका दृश्य हेर्न पाइन्छ।

डाँडैबाट सूर्योदय र सूर्यास्तको आनन्द लिन सकिन्छ। बाटोमा चेर्दुङ नपुग्दै बाटोमा क्याङसे पोखरी रहेको छ। उक्त पोखरी सानो भए पनि मनै लोभ्याउने छ। रूखको छायाँमा बसेको सुन्दर पोखरी क्याङ्से नजिकै सानो चौरीगोठ छन्। वरपर रूखहरू भएता पनि पोखरीमा रूखको पातहरू खसेपछि कुनै न कुनै चरा आएर लिएर जाने गरेकाले त्यस पोखरीमा पात हुँदैन। यहीँ पोखरीमा चौरीले पानी पिउँदा रहेछन्।

जिरी बजारबाट करिब ३–४ घण्टाको पैदल दूरीमा रहेको यो पोखरीसम्म गाडीमा जाने हो भने करिब १ घण्टामै पुगिन्छ। यहाँ पोखरी वरपरको सुन्दर हरियाली पाखा पखेरासँगै चराचुरूङ्गीका भाका सुन्न पाइन्छ। यहाँ गोठमा छुर्पी बनाईरहेको हेर्न र चाख्न पनि पाईन्छ। यहाँ पोखरीमा पूजा गर्नाले दैवी विपत्ती नआउने, मौसम राम्रो हुने र आकाश खुल्ने जनविश्वास रहेछ।

कसरी पुग्ने चेर्दुङ?
जिरी नगरपालिकाको धेरै ठाउँबाट चेर्दुङ पदयात्रा गर्न सकिन्छ। जिरीबजार–गोकुलगंगा पार्क–रमिते डाँडा–पटासे डाडा–क्याङ्से पोखरी–चेर्दुङ पुग्न पैदल गए ७ घण्टा लाग्छ।

मोटरबाटोबाट जाँदा जिरी बजार –रातमाटे–कुथामे–जोरमाने–क्याङ्से पोखरीसम्म मोटर लिएर जान सकिन्छ। त्यहाँबाट ३ घण्टा पैदलयात्रा गरेपछि चेर्दुङ डाँडा पुग्न सकिन्छ ।

-नेपाल फोटो लाइब्रेरी

प्रकाशित: २०८० फाल्गुण ५ गते शनिवार ०१:१२
प्रतिक्रिया

थप समाचार

दोस्रो दिन पनि चिकित्सकहरूको आन्दोलन जारी, देशभर आकस्मिकबाहेक सबै सेवा ठप्प

काठमाडौँ: नेपाल चिकित्सक सङ्घले बुधबार पनि देशभरका सरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक (इमर्जेन्सी) बाहेकका सबै स्वास्थ्य सेवा बन्द गरेको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक...

३ वर्षमा सकिनुपर्ने रसुवागढी एकीकृत भन्सार भवन १० वर्षसम्म अधुरै (फोटोफिचर)

रसुवागढी नाकामा निर्माणाधीन एकीकृत भन्सार भवन ३ वर्षभित्र सक्ने गरी २०७३ सालमा सम्झौता भएकोमा १० वर्ष भइसक्दा पनि निर्माण सकिएको छैन।

सानेपामा श्रावण मेला सुरु: मेहेन्दी, भजन कन्सर्ट र श्रृंगारका स्टलमा दर्शकको आकर्षण

ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा श्रावण ९ र १० गते दोस्रो संस्करणको ‘श्रावण मेला’ अन्तर्गत ‘बिगेस्ट मेहेन्दी भेला’ सुरु भएको छ। क्लासिक्स प्रोजेक्ट्सको आयोजनामा ‘पवित्र महिनाको...

आहा ! भाङ्गे झरना (फोटोफिचर)

रसुवाको उत्तरगया गाउँपालिका–२ मा स्थित भाङ्गे झरना । चीनसँग जोडिने बेत्रावती–मैलुङ–स्याफ्रुवेंशी–रसुवागढी सडकखण्डमा पर्ने यो झरना १ सय ८१ मिटर अग्लो छ । 

देखिन छाडे नगर प्रहरी, सडक व्यापारीले भरियो न्युरोडको फुटपाथ [फोटो]

केही दिनअघिसम्म काठमाडौँ महानगरपालिकाका नगर प्रहरी नियमित रूपमा सडकमा खटिएर न्युरोडलगायतका क्षेत्रमा फुटपाथ अतिक्रमण नियन्त्रण गरिरहेका देखिन्थे। दिउँसोको समयमा फुटपाथमा पसल राख्न महानगरले...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना