२०८३ कार्तिक १३ गते बिहिबार

महँगा गाडी चढ्न राष्ट्र बैंकका अधिकारीबीच होडबाडी, नियम मिचेर गभर्नर चढ्छन् झन्डै २ करोडको सवारी

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख २
nrb gadi

काठमाडौँ– नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर तथा उच्चपदस्थ कर्मचारीले मापदण्ड मिचेर बढी मूल्यका सवारी साधन चढ्ने गरेको पाइएको छ। राष्ट्र बैंकको सवारी साधन सुविधा व्यवस्थापन कार्यविधि, २०७८ को व्यवस्थाको बेवास्ता गरी महँगा गाडी चढ्नेमा गभर्नर महाप्रसाद अधिकारीदेखि डेपुटी गभर्नर र कार्यकारी निर्देशकसम्म छन्।

गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नरद्वय निलम तिम्सिना (ढुंगाना), बमबहादुर मिश्र र कार्यकारी निर्देशकहरूले कार्यविधिले तोकेको व्यवस्था बाहिर गएर सवारी साधन खरिद गरेको पाइएको छ।

कार्यविधिनुसार गभर्नर अधिकारीले १ करोड ४० लाखसम्मको सवारी चढ्न पाउँछन्। तर कार्यविधिको बर्खिलाप गर्दै गभर्नर अधिकारीले १ करोड ७८ लाख रुपैयाँको गाडी चढ्ने गरेका छन्।

यसैगरी, डेपुटी गभर्नरले १ करोड १० लाख रुपैयाँ बराबरको सवारी साधान चढ्न पाउने व्यवस्था कार्यविधिमा छ। तर कार्यविधि बर्खिलाप गर्नेमा डेपुटी गभर्नरद्वय निलम ढंगाना र बमबहादुर मिश्रले पनि गभर्नर अधिकारीलाई पछ्याएका छन्। उनीहरूले चढ्ने गरेको गाडीको मूल्य १ करोड ४३ लाख पर्ने महालेखापरीक्षकको साठीऔँ प्रतिवेदनले उल्लेख गरेको छ। राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुले ५५ लाखसम्मका गाडी चढ्न पाउँछन्। तर उनीहरुका लागि ७१ लाख ५० हजार रुपैया हालेर गाडी किनिएको छ।

यसैगरी बैंकमा वरिष्ठ कर्मचारीका लागि पर्याप्त संख्यामा सवारी साधन भएपनि कर्मचारीले पुराना गाडी नचढ्ने र कार्यविधिको बर्खिलाप गर्ने गरेका छन्। नयाँ गाडी चढ्ने नाममा आर्थिक वर्ष २०७८/७९ मा राष्ट्र बैंकले अनावश्यक गाडी किनेर राज्यलाई अतिरिक्त भार थपेको पनि प्रतिवेदनमा उल्लेख गरेको छ।

गत आवमा १ करोड २१ लाखदेखि २ करोड ७८ लाखसम्मका ५ गाडी किन्न राष्ट्र बैंकले २४ करोड ३८ लाख २५ हजार खर्च गरेको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ। राष्ट्र बैंकमा वरिष्ठ कर्मचारीका लागि पर्याप्त संख्यामा सवारी साधान हुँदा हुँदै थप सवारी साधान खरिद गर्नु उचित नभएको प्रतिवेदनले औँल्याएको छ।

५० लाखभन्दा महँगा सवारी साधानलाई विलासी वस्तुको सूचीमा राख्ने राष्ट्र बैंक स्वयंले आफ्ना उच्चपदस्थ कर्मचारीलाई २ करोड ७८ लाखसम्मको सवारी साधान खरिद गरेको देखिएको छ।

विदेशी मुद्रा सञ्चितिमा दबाब रहेको भन्दै राष्ट्र बैंकले आयातमा प्रतिबन्ध लगाएको समयमा नै करिब २५ करोड रुपैयाँ बराबरको आयात गरेको देखिएको छ। राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत वस्तुको आयात गर्दा खोलिने प्रतीतपत्र (एलसी) नगद मार्जिनको व्यवस्था गरेको थियो। केही वस्तुहरुमा ५० प्रतिशत र केही वस्तुमा शतप्रतिशत नगद मार्जिनको व्यवस्था गरेको थियो।

सवारी साधानको आयातलाई निरुत्साहित गर्ने भन्दै गाडी किन्ने कर्जाको जोखिमभार बढाइएको थियो। अर्कोतर्फ सरकारले कमर्सियल गाडीको आयातमा प्रतिबन्ध लाग्यो। जसले कमर्सियल सवारी साधानको मागमा कमी आएको थियो।

प्रकाशित: २०८० बैशाख २ गते शनिवार ०१:०८
प्रतिक्रिया

थप समाचार

ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना