काठमाडौँ- काठमाडौँमा भूकम्पको धक्का महसुश भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखा जिल्ला केन्द्रबिन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ। जसको प्रभाव काठमाडौँमा समेत महसुश भएको छ। भूकम्पको तीव्रता ४.१ म्याग्निच्युडको रहेको थियो।
केन्द्रका अनुसार बिहान ४ बजेर ५८ मिनेट जाँदा हाट डाँडा केन्द्रबिन्दु भएर उक्त भूकम्प गएको हो। यसअघि शुक्रबार बझाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो।


