काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै एक किलो सुन बरामद भएको छ।
८५५ ग्राम सुनसहित एक जना पक्राउ परेको विमानस्थल प्रहरीले जानकारी दिएको छ।
उक्त सुनसहित भारतीय नागरिक ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुर पक्राउ परेका छन्।
सोमबार राति दुबईबाट आएका गफुरलाई शंका लागेर जाँच गर्दा सुन फेला परेको थियो।
उनी फ्लाई दुबईको उडानमार्फत काठमाडौं आएका थिए।
उनलाई थप अनुसन्धान र कारबाहीका लागि विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जानकारी दिएको छ।


