काठमाडौं- दाङको घोराही-तुलसीपुर सडकखण्डमा बुधबार बिहान भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
रा ५ प ५४५३ नम्बरको मोटरसाइकल बिहान करिब ६ बजे घोराही उपमहानगर-१६ सर्रा चोकमा दुर्घटना भएको हो।
दुर्घटनामा परी मृत्यु हुनेमा रोल्पाको त्रिवेणी गाउँपालिका ५ का २१ वर्षीय विजय पुन र २४ वर्षीय नेत्र भण्डारी छन्।
प्रत्यक्षदर्शीका अनुसार साइकल चालकलाई जोगाउन खोज्दा मोटरसाइकल पल्टिएको थियो।
प्रहरीका अनुसार उनीहरू दुवैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो।
