काठमाडौँ- नागार्जुन नगरपालिका-६ सितापाइलामा हत्या गरेको अवस्थामा दुई छोरीसहित भेटिएकी महिलाका श्रीमान् झुण्डिएको अवस्थामा फेला परेका छन्।
ती महिलाका पति राजु घिमिरे नागार्जुनको जंगलमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ।
बुधबार बिहान ३९ वर्षीया ईश्वरी श्रेष्ठ, ८ वर्षीया छोरी अनिशा र २ वर्षीया छोरी शिवानीको शव कोठामा भेटिएको छ।
आमा र दुई छोरीको हत्या गरी श्रीमान्ले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक आशंका गरेको छ।
सोलुखुम्बु घर भई सितापाइलामा डेरा गरी बस्ने उनीहरू दैनिक ज्यालादारीमा गुजारा चलाउने परिवार रहेको बताइएको छ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


