बनियानी- गत शुक्रबार छोरीसहित आत्मदाहपछि उपचारका लागि अस्पताल भर्ना भएकी महिलाको मृत्यु भएको छ।
झापाको बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडा घलेगाउँकी २८ वर्षीया माया रम्तेलको उपचारका क्रममा मृत्यु भएको हो।
पाँच वर्षीया छोरीसहित आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा माया गम्भीर घाइते भएकी थिइन्।
बुधबार बिहान उनको मृत्य भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए।
मायाकी छोरीको शुक्रबार नै उपचारका क्रममा मृत्यु भएको थियो।
श्रीमान् राजन विश्वकर्मा परस्त्रीसँग लागेकाले बाध्य भएर आत्महत्याको बाटो रोज्नुपरेको ‘सुसाइड नोट’ प्रहरीले फेला पारेको छ।
मायाका श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाही थालेको प्रहरी निरीक्षक गिरीले जानकारी दिए।


