२०८३ कार्तिक १५ गते शनिवार

सडकले फेरियो साँखगाउँको मुहार

 |  बलबहादुर ओली
Sanket

बलबहादुर ओली

त्रिवेणी, फाल्गुण ९
village

त्रिवेणी (रुकुमपश्चिम)– रुकुम पश्चिमको जिल्ला सदरमुकाम नजिकै रहेको छ साँखगाउँ। सो गाउँमा पापिनी मेला लाग्ने भएकाले पनि साँखगाउँ अझ परिचित छ। माथिपट्टि अग्ला भिरपहरा अनि बीच भाग हुँदै रुकुम पूर्व जोडिएको मध्यपहाडी लोकमार्ग छेवैमा छ साँखगाउँ। मध्यपहाडी राजमार्गको माथिपट्टिको गाउँलाई ‘माथिगाउँ’ भनिन्छ भने तल्लो गाउँलाई ‘तलिगाउँ’ भनिन्छ। परम्परागत शैलीमा ढुङ्गा, माटो तथा खरको छानाले निर्माण गरिएका घर साँखगाउँमा देख्न सकिन्छ।

विकासक्रमसँगै पछिल्लो समयम गाउँमा सरिया, सिमेन्ट प्रयोग गरेर पक्की घरहरु निर्माण पनि भइरहेका छन्। यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई टम्म मिलेका घरहरु र गाउँको बीच भागमा रहको दह, अनि मध्यपहाडीदेखि आधा घण्टाको दूरीमा उकालो हिँडेपछि पुगिने ठूली दहले जो कोहीलाई आकर्षित गर्छ।

यस दहमा हरेक वर्ष माघ १५ गते राति पापिनी मेला मेला लाग्ने गर्छ। मेलामा पालोअनुसार नाट्य रुपमा एक साल माथिल्लो गाउँबाट र अर्को साल तल्लो गाउँबाट किशोरकिशोरीबीच विवाह हुन्छ। अनि पापिनी मेला सम्पन्न हुन्छ। यो परम्पराले साँखगाउँलाई थप प्रचारमा सहयोग पुर्‍याएको छ।

मध्यपहाडी छेवैमा रहेकाले मानिसहरु साखँगाउँ र दह अवलोकन गर्न आउने गर्दछन्। साँखगाउँमा झण्डै तीन सय ५० घर रहेका छन्। यहाँ विषेशगरी गहुँ, जौ र मकै राम्रो उत्पादन हुने गरेको छ। यहाँका नागरिकको मुख्य पेसा भनेको कृषि, पशुपालन र व्यापार–व्यवसाय नै हो। पछिल्लो समय मध्यपहाडी राजमार्ग सञ्चालन आएसँगै घरघरै व्यापार–व्यवसाय गर्ने व्यक्तिको सङ्ख्या पनि बढेको छ।

रुकुम पश्चिमको पूर्व भूभागमा पर्ने साँखगाउँ जिल्ला सदरमुकाम मुसिकोट खलङ्गाबाट नजिकै पर्छ। मुसिकोट नगरपालिका–७ मा अवस्थित साँखगाउँ मध्यपहाडी राजमार्गले सुगम मात्र बनाएको छैन, आर्थिक रुपमामा पनि सहज बनाएको छ। केही दशकदेखि पहिले दुर्गमको महसुस गरिरहेको साँखगाउँ जिल्ला सदरमुकाम नजिक हुनु र मध्यपहाडी राजमार्ग सञ्चालनमा आउनुले यस क्षेत्रको मुहार फेरिएको छ।

सडक यातायातको पहुँचसँगै यहाँको चहलपहल बढेको छ। विकास निर्माणले पनि गति लिएको छ। गाउँमा पक्की भवन बन्न थालेका छन् भने परम्परात शैलीबाट निर्माण गरिएको घरहरु बिस्तारै लोप हुने अवस्था छन्।

मध्यपहाडी राजमार्ग साँखमा नजोडिँदा भने जिल्ला सदरमुकाम खलङ्गा पुगेर राप्ती राजमार्ग हुँदै काठमाडौँ जानुपर्ने बाध्यता थियो। अहिले भने घर छेवैबाट मध्यपहाडी राजमार्ग हुँदै काठमाडौँ पुग्न सकिने स्थानीय विकास पाण्डेले बताए। राप्ती राजमार्ग सल्यान–दाङ हुँदै काठमाडौँ जाने दूरी लामो भएकाले बसमा दुई दिनसम्म समय लाग्थो, मध्यपहाडीबाट भने रुकुम पूर्व–बागलुङ–पोखरा हुँदै काठमाडौँ एक दिनमा पुग्ने गरेको उनले सुनाए।

मध्यपहाडी सञ्चालन नहुँदासम्म रुकुम पश्चिम र रुकुम पूर्वका नागरिक काठमाडौँ जानका लागि राप्ती राजमार्ग सल्यान दाङ हुँदै जानुपर्ने बाध्यता थियो। अब भने रुकुम पश्चिमका दूरी छोटो हुने र छिट्टै पुगिने भएकाले मध्यपहाडी राजमार्गको यात्रा गर्न मन पराउँछन्।

सडक यातायातको पहुँचसँगै यहाँको चहलपहल बढेको छ। विकास निर्माणले पनि गति लिएको छ। गाउँमा पक्की भवन बन्न थालेका छन् भने परम्परात शैलीबाट निर्माण गरिएको घरहरु बिस्तारै लोप हुने अवस्था छन्।

एक दशकभित्र आएको परिवर्तन देखेर स्थायीय ८० वर्र्षीय पूर्णबहादुर बुढा अचम्म पुर्नुभएको छ। एक दशक पहिलेसम्म कल्पना नै गर्न नसकिने घर अगाडिबाटै बस गुड्दा बुढालाई अचम्म लागेको छ। ‘विंस २०६२/६३ तिर दैनिक उपभोग्य सामग्री ल्याउनका लागि एक महिना पैदल हिँडेर दाङको कोइलावास, नेपालगञ्जलगायत ठाउँबाट घरमा उत्पादन भएको घ्यू बिक्री गरेर नुन, चामल उपभोग गर्नुपर्ने अवस्था थियो। अहिले त पैसा भएपछि घरभित्रै खाद्यान्न सामग्री आइपुग्छ। यस्तो सुविधा हाम्रो पालामा आउला भने लागेको थिएन,’ बुढाले भने। पहिले दाङ वा नेपालगन्ज गएर गाडी देखिएको स्मरण गर्दै आजभोलि घरछेवैमा गाडी गुढ्दा खुसी लागेको उनले सुनाए।

‘पहिले मीठो खान दसैँतिहार पर्खिनुपर्थ्यो, अहिले त दिनैपिच्छे आफूलाई जे खान मन लाग्छ गाउँमै पाइन्छ, पहिले त्यस्तो थिएन दालभात खान पनि दसैँ, तिहार पर्खिनुपर्थ्यो,’ स्थानीय ६५ वर्षीय मनकला थापाले भने। पछिल्लो समयको विकास देखेर भने उन पनि खुसी छन्। आफ्नो पालामा भोग्नुपरेका समस्याबारेमा युवालाई बताउने गरेको र आजको विकास निर्माणले केही हदसम्म जनजीवनमा परिर्वतन ल्याएको थापा बताउँछन्।

साँखगाउँ जिल्ला सदरमुकाम नजिक रहेकाले पनि शिक्षा, स्वास्थ्य र अन्य विकास निर्माणसँगै पर्यटकीय हिसाबले पनि जोडिन थालेको छ। गाउँमै माध्यमिक तहको पढाइ, गाउँमै स्वास्थ्य एकाइ केन्द्र, सुरक्षाका हिसाबले गाउँमै प्रहरी चौकीले पनि यहाँका नागरिकलाई सहज भएको छ। प्रशासनिक कामका लागि जिल्ला सदरमुकाम आउनुपर्‍यो भने पनि आधा घन्टामा जिल्ला सदरमुकाम पुगिन्छ। गाउँमै अटोरिक्सा सञ्चालन भएकाले गाडी पर्खिनुपर्ने समस्या पनि स्थानीयलाई छैन्।

शिक्षा, स्वास्थ्यलगायत विकासका पूर्वाधारले हिसाबले साँखगाउँ अगाडि बढेको छ। विद्युतीकरणका हिसाबले पनि साँखगाउँ केन्द्रीय लाइनको पहँचमा रहको छ। गाउँमै व्यापार–व्यवसाय गर्न सके गाउँमै आर्थिक समृद्धि गर्न सकिने हुँदा युवा विदेश पलायन रोक्न सकिने उनको भनाइ थियो। साँखगाउँमा खाद्यान्न बाली गहुँ, जौ, मकैबाहेक तरकारी खेती पनि राम्रो हुने गरको छ। गाउँमा उत्पादन भएको तरकारी बिक्रीमा भने बजारको समस्या नरहेको पाण्डे बताए। बजारीकरणका लागि सडक सञ्जालले पनि ठूलो सहयोग पुर्‍याएको छ।

यहाँका स्थानीयहरु गाई, भैँसी, बाख्रा, कुखुरापालन र कृषि पेसा नै मुख्य आयस्रोत हो। मध्यपहाडी राजमार्गले यहाँको जनजीवन परिर्वतन गर्न ठूलो भूमिका खेलेको छ। राजमार्गकै कारण साँखमा रहेका पर्यटकीय ठाउँको पनि प्रचारमा सहयोग पुगेको वडाध्यक्ष एक्कबहादुर पाण्डेले बताए। साँखगाउँलाई पर्यटकीय हिसाबले अझ व्यवस्थित गर्न मुसिकोट नगरपालिका र वडा कार्यालय लागिपरेका उनले बताए।

‘साँखगाउँलाई पर्यटकीय ‘हब’का रुपमा विकास गर्न, साँख दह संरक्षण तथा भौतिक संरचना निर्माणमा निरन्तर लागिरहेका छौँ। यस क्षेत्रमा पर्यटक भित्र्याई गाउँलाई आर्थिक रुपमा समृद्ध बनाउने हाम्रो योजना छ’, उनले भने।

दहमा लिफ्टिङ प्रविधिमार्फत पानी ल्याई डुङ्गा सञ्चालन र माछापालन गरी यहाँको आर्थिक विकास गर्ने वडाको योजना छ। ‘पर्यटन प्रवर्द्धनका लागि साँख दहबाट दुलीदसम्म केबलकार सञ्चालन गर्ने पनि योजना रहेको छ, केही वर्षमै योजना पूरा गर्छौं र यहाँका स्थानीयलाई आर्थिक रुपान्तरमा जोडछौँ,’ वडाध्यक्ष पाण्डेले भने।

दहलाई संरक्षण गर्न मुसिकोट नगरपालिका पनि लागिपरेको छ। गत वर्ष मात्र दह संरक्षणका लागि सङ्घीय ससर्त अनुदानअन्तर्गत रु ५४ लाखमा दहको चारैतिर पदमार्ग निर्माण, रेलिङ, प्रतीक्षालय र द्वार निर्माण गरिएको थियो।

प्रकाशित: २०८० फाल्गुण ९ गते बुधबार ०२:०९
प्रतिक्रिया

थप समाचार

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...

‘मिनी टिलर’ गोरुको विकल्प बन्दै

भोजपुर। दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पकारुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको सिद्धकाली सप्लार्यसका प्रोपाइटर बाजिम मगरले...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना