काठमाडौँ- पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति पदको लागि १८ जनाको आवेदन परेको छ।
पूर्वाञ्चल विश्वविद्यालय उपकुलपति छनोट तथा सिफारिस समितिका अनुसार उपकुलपतिका लागि १८ जनाको आवेदन परेको हो।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईको संयोजकत्वमा बनेको उपकुलपति छनोट तथा सिफारिस समिति बनेको थियो।
समितिले सार्वजनिक गरेको विवरण अनुसार तोयनारायण पौडेल, शुभनारायण पाठक, अनिल कुमार पोख्रेल, जीवन कुमार ढकाल, अशोक कुमार झा, गुरु प्रसाद खनाल, प्रमोद कुमार झा, बिजुकुमार थपलिया, विनोद पराजुलीले आवेदन दिएका छन्।
यस्तै देवीप्रसाद भट्टराई, राजनारायण यादव, नरेन्द्र कटुवाल, उमेश कोइराला, संजेशप्रसाद कोइराला, राजकुमार पोख्रेल, रेशमबहादुर थापा, रमेशप्रसाद भट्टराई र महेशराज दाहालले आवेदन दिएका छन्।
आगामी १८ फागुनमा रिक्त हुने पदका लागि छनोट तथा सिफारिस समितिले २३ माघमा आवेदन माग गरेको थियो।


