ललितपुर– नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीले नेपाली कांग्रेसका पूर्वसभापति बीपी कोइरालाको पालामा संविधान/विधान र कानुन समावेशी नभएपनि व्यवहार समावेशी भएको बताएका छन्।
ललितपुरको गोदावारीमा जारी कांग्रेसको महासमिति बैठकको समापन समारोहमा सम्बोधन गर्दै चौधरीले यस्तो बताएका हुन्।
‘बीपी कोइरालाको पालामा संविधान समावेशी थिएन। विधान समावेशी थिएन। कानुनहरू समावेशी थिएनन्,’ चौधरीले थपे, ‘तर उहाँका व्यवहार समावेशी थिए।’
वर्तमान समयमा संविधान/विधान/कानुन समावेशी भएपनि त्यसको कार्यान्वयन भने नभएको उल्लेख गरे।
तीनै तहका संरचनाका अधिकांश स्थानमा कांग्रेस विजयी भएकाले समावेशितालाई पनि अंगीकार गर्नुपर्ने उल्लेख गरेका छन्।


