बैतडी– बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका एक पुरुषको हत्या भएको छ।
अन्दाजी ३७ वर्षीय वासुदेव जोशीको हत्या गरिएका अवस्थामा शव फेला परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।
प्रहरी निरीक्षक खत्रीका अनुसार शनिबार बेलुका ८ बजे घर नजिकै हत्या गरिएको अवस्थामा जोशीको शव फेला परेको हो।
धारिलो हतियार प्रहार गरी जोशीको हत्या भएको बताइएको छ। घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।



