काठमाडौँ- बालुवाटारमा प्रदर्शन गर्न पुगेका लघुवित्तपीडित र प्रहरीबीच ठेलमठेल भएको छ।
प्रदर्शनकारीहरूले राष्ट्र बैंक अगाडिको निषेधित क्षेत्र तोडेर अगाडि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो।
त्यसपछि प्रहरी र प्रदर्शनकारीहरूबीच धकेलाधकेल भएको थियो।
निषेधित क्षेत्र तोड्ने १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिइएको छ।









