काठमाडौँ- नेपाली काँग्रेस नेता डा शशांक कोइरालाले महासमिति सदस्यहरूका लागि चियापान कार्यक्रम आयोजना गरेका छन्।
महासमितिको बैठकको समापनपछि शनिबार नेता कोइरालाले काठमाडौँमा चियापान कार्यक्रम राखेका हुन्।
चियापानमा कांग्रेसका मन्त्रीहरु र नेताहरु उपस्थित थिए।
चियापान कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले सबैलाई मिलाएर लैजाने बताए।
‘हामी एकताबद्ध भएर हिँड्नुपर्छ। हामी एक भयौँ भने हामीलाई कसैले जित्न सक्दैन। देउवाजीले मिलाएर लानुहुन्छ,’ उनले भनेका थिए।


















तस्बिर : नेपाल फोटो लाईब्रेरी


