२०८३ कार्तिक १४ गते शुक्रबार

विकास र सुविधाले पनि रोकिएन बसाइँसराइ   

 |  रासस
Sanket

रासस

काठमाडौँ, फाल्गुण १२
basai_sarai

म्याग्दी- घर अगाडीको सडकमा सवारी साधन गुडीरहन्छन्। सवारी साधनमा मानिस कम र खाद्यान्नलगायत अन्य उपभोग्य र निर्माण सामग्री बढी हुन्छन्। सडकबाट धेरै जसो घरमा ताल्चा लगाइएको र घरवरिपरि वनमाराको झाडी देखिन्छ।

यो दृश्य पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ मा पर्ने दिच्याम गाउँको हो। यहाँका दिच्याम, निस्कोट, रुम, देविस्थानलगायत गाउँमा हिजोआज यस्तो दृश्य देखिन थालेको छ। करिब डेढ दशक अघिसम्म म्याग्दीका यी गाउँहरु रमाइला दखिन्थ्ये। गाउँघरमा वरपर, तल–माथि बस्ती बाक्लो थियो । सबै घरमा मानिस भरिभराउ हुन्थे। चाडपर्वमा गाउँमा छुट्टै रौनक र उल्लासमय वातावरण हुने गर्दथ्यो।

साथीभाइको ठूलो जमघट हुने गर्दथ्यो। दसैँ तथा विभिन्न मेलामहोत्सवमा गाउँ भरिभराउ देखिन्थ्यो। तर अहिले अवस्था फेरिएको छ। ढुङ्गा र खरले छाएका, रातोमाटो र सेतो कमेरोलो पोतिएका चिटिक्कका घरहरु भत्किएर खण्डहरमा परिणत भएका छन्। फराकिलो आँगनमा पाती र बनमारा उम्रिएको छ। करेसाबारी स्याल र बाँदर लुक्ने झाडी बनेका छन्। घर नजिकै अमिलो, अम्बा, कागती र सुन्तलाका बोटहरु मलजल र स्याहार नपाएर सुक्न थालेका छन्। हिजोआज गाउँको स्वरुप बिग्रिएको छ । रमाइला गाउँहरु अहिले उराठिला बन्दै जान थालेका छन्।

मलिका–६ का टेकबहादुर सिउथानीले भने, ‘संघीयताको मर्म अनुसार विकेन्द्रिकरणको नीति गाउँमा पुगेको छ । विकासका कारण विकट गाउँ सुगम बनेका छन्। पहरा फोरेर बनाइएका सडक हुँदै गाउँमा गाडी गुडेका छन्। सहरबजारका भन्दा पूर्वाधार सम्पन्न विद्यालयहरु गाउँमा ठडिएका छन् । स्वास्थ्यचौकी गाउँमै छन्। सञ्चारको सुविधा पुगेको छ। तर पनि गाउँमा बस्ने मानिसहरु घट्दै गएका छन्।’

विकास थपिँदै गएपनि गाउँमा बस्ने मानिसहरु घट्दै गएका मङ्गला गाउँपालिका–५ का विकल सेनले बताए। गाउँमा सुविधाको कमी छैन। अवसर पनि प्रशस्तै छन् भन्दै गाउँका मानिस बढी महत्काङ्क्षी बन्दै गएपछि सहर केन्द्रित हुँदै गएको उनको भनाइ थियो।

‘घरघरमा चौविसैँ घण्टा पानी आउने धारा छन् । वरिपरि उर्वर खेतबारी छ। विद्यालय पाँच मिनेटमा पुग्न सकिन्छ। स्वास्थ्यचौकी गाउँमै छ। गाडी बस्तीबस्तीमा पुग्छ। सूचना प्रविधिका कारण विश्वको जुनसुकै कुनामा रहेका आफन्तसँग हरेक क्षण सम्पर्कमा रहन सकिन्छ,’ सेनले भने, ‘यी सबै सुविधाहरु गाउँमा हुँदाहुँदै पनि गाउँहरु खाली हुँदै जानु विडम्बना हो।’

२०६८ मा एक घर परिवार भित्र चार दशमलव शून्य नौ जनाको परिवार रहेकामा केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ को नतिजामा तीन दशमलव ६७ जना मात्र बस्ने गरेको देखिन्छ। ग्रामिण क्षेत्रबाट सुविधाको खोजीमा बाहिरिनेको सङ्ख्या उकालो लागेको जनगणना कार्यालय म्याग्दीले जनाएको छ।

जिल्लास्थित जनगणना कार्यालयले सार्वजनिक गरेको एक तथ्याङ्क अनुसार भारत सहित तेस्रो मुलुकमा म्याग्दीबाट कुल विदेशिनेको सङ्ख्या १० हजार सात सय १३ रहेको छ । जसमा पुरुष आठ हजार आठ सय ४३ र महिला एक हजार आठ सय ७० रहेको छ।

लैङ्गिक अनुपात ९५.८७, औसत परिवारको आकार ३.६७ र जनघनत्व ४७ रहेको छ। जिल्लाको कूल जनसङ्ख्याको घरपरिवारमा अनुपस्थित अर्थात प्रायः विदेशमा बसोबास गर्ने ०.४९ प्रतिशत रहेको छ। वैदेशिक रोजगारीमा महिलाको तुलनामा पुरुषको सङ्ख्या अत्याधिक छ। पछिल्ला वर्षमा महिलासमेत तेस्रो राष्ट्रमा रोजगारीका लागि जाने प्रतिस्पर्धा भएकाले महिला र पुरुषको जनसङ्ख्याको अन्तर घट्दो रहेको जनाइएको छ।

‘अहिले गाउँको अवस्था मौसमी बनेको छ । चाडपर्व र प्राकृतिक विपत्तिमा मात्र सहर वा विदेशबाट मानिसहरु गाउँ फर्कने गर्दछन्। गाउँमा बसुन्जेलसम्म गाउँको विकास र राजनीतिको विषयमा निकै चिन्तित भएको देखाउँछन्। फर्केपछि गाउँलाई चटक्कै बिर्सन्छन्,’ बेनी नगरपालिकाका कृष्ण पौडेलले भने। सहर वा विदेशबाट निर्वाचनको समयमा गाउँ फर्केनेले गाउँको राजनीतिमा प्रत्यक्ष प्रभाव पार्ने उहाँको भनाइ थियो।

सहर वा विदेश निर्वाचनका समयमा आउनेले गाउँमा रहेका आफन्त र सोझासाझा जनतालाई भ्रममा पर्ने गरेको अनुभव रहेको मङ्गला–४ का झकबहादुर विश्वकर्माले बताए। ‘गाउँमा आपतविपद् पर्दा, कोही बिरामी भएर उपचार गराउन आर्थिक समस्या हुँदा, सहर र विदेशमा रहेका गाउँका व्यक्तिले सहयोग पनि गर्छन्। पढेलेखेका व्यक्ति गाउँमा आउँदा गाउँ रमाइलो हुन्छ। गाउँका विद्यालय, आमा समूह, युवा क्लाबलगायत सङ्घसंस्थालाई आर्थिक सहयोग पनि गर्छन्,’ उनले भने।

बसाइँसराइका कारण ग्रामिण क्षेत्रका विद्यालयमा विद्यार्थीको सङ्ख्या पनि कमी हुँदै गएको छ। ‘युवाहरू विदेशमा छन्। अशक्त वृद्धवृद्धाको सेवा गर्नेको समेत कमी छ,’ रघुगङ्गा गाउँपालिका–६ का वडाध्यक्ष मनकुमार शेरपुञ्जाले भने। गाउँघरसँगै यहाँका विद्यालयमा पनि विद्यार्थीको कमी हुन थालेको उनको भनाइ थियो।

म्याग्दीमा २०६८ सालको जनगणना अनुसार एक लाख १३ हजार ६४१ जना जनसङ्ख्या रहेकामा २०७८ को नतीजामा एक लाख सात हजार ३७२ जना उल्लेख गरिएको छ।

प्रकाशित: २०८० फाल्गुण १२ गते शनिवार ०५:१४
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

आईपीओ निष्कासन मागेका ११७ कम्पनीको वर्गीकरण सकियो, स्वीकृति कहिले?

कात्तिक ११ गतेसम्मको विवरणअनुसार ती कम्पनीले ५१ करोड ९ लाख ८१ हजार ९४६ कित्ता सेयर निष्कासन गर्न अनुमति मागेका छन्।

आर्या फार्मास्युटिकल्स र नेपाल प्रिमियर लिगबीच तीनवर्षीय सहकार्य

काठमाडौँः आर्या फार्मास्युटिकल्सले नेपाल क्रिकेट संघ (क्यान) र नेपाल प्रिमियर लिग ९एनपीएल० सँग तीनवर्षीय सहकार्य गर्ने भएको छ। कम्पनीले आफ्नो स्थापनाको ३०औँ वर्षका अवसरमा एनपीएलसँग स्वास्थ्य...

वैदेशिक लगानी प्रतिबद्धता ५४ प्रतिशत घट्यो, १६ अर्ब २३ करोड मात्र

काठमाडौँः चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता ५४ प्रतिशत घटेको छ। उद्योग विभागका अनुसार साउनदेखि असोजसम्म १६ अर्ब २३ करोड रुपैयाँ...

फूल व्यवसाय बढ्दो, वार्षिक ४ अर्बको कारोबार

काठमाडौं। नेपालमा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक कारोबार आर्थिक वर्ष २०८०/०८१ मा १६.६१ प्रतिशत वृद्धि भई ३ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना