२०८३ कार्तिक २३ गते आईतबार

मेलम्ची बजारका अनाधिकृत संरचना हटाउन सुरु

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण १३
melamchi bazar

सिन्धुपाल्चोक- मेलम्ची नगरपालिकाले वडा नं ११ बजार क्षेत्रमा सडक पेटी मिचेर बनाइएका संरचना तथा सामग्री हटाउन सुरु गरेको छ। नगरपालिकाले डोजर तथा जनशक्तिको सहायताले सडकपेटी मिचेर बनाइएका अवैध संरचना हटाउन सुरु गरेको हो।

पैँतिस दिने सूचना जारी गरेर हटाउन भनिएपनि अटेर गरेर नहटाएपछि डोजर लगाएर हटाइएको नगरपालिकाका इञ्जिनियर जीतबहादुर कार्कीले जानकारी दिए। गत पुस २६ गते बसेको कार्यपालिका बैठकले बजारका अव्यवस्थित संरचना हटाउने निर्णय गरेको थियो।

मेलम्ची बजारमा एक सय भन्दाबढी घरले सडकपेटी अतिक्रमण गरी संरचना बनाएपछि ती संरचना हटाउन नगरपालिकाले सूचना जारी गरेको नगर प्रमुख आइतमान तामाङले जानकारी दिए।

नगरको आग्रहमा केहिले आफैँ हटाएका भन्दै बाँकी रहेका घरमा डोजर लगाइएको मेलम्ची–११ का वडध्यक्ष चन्द्रबहादुर तामाङले बताए। बजारलाई व्यवस्थित बनाउनका लागि मेलम्ची–११ का वडध्यक्ष तामाङको अध्यक्षतामा बजार व्यवस्थापन समिति बनाइएको थियो। सोही समितिको निर्णय अनुसार ३५ दिने सूचना नगरपालिकाले जारी गरेको थियो। उक्त सूचनाको म्याद नसकिँदै अधिकांश स्थानीय तथा व्यापारीले स्वतःस्फूर्त रूपमा अतिक्रमित अस्थायी संरचना हटाएका थिए।

सूचनाको बेवास्ता गरी नहटाइएका एक दर्जनबढी संरचनामाथि नगरपालिकाले डोजर चलाएको इञ्जिनियर कार्कीले बताए। उनका अनुसार पालिकाले बजार व्यवस्थापनका लागि सञ्चालन गरेको अभियानप्रति यहाँका व्यवसायीले पूर्णसाथ दिएका छन्।

अभियानमा मेलम्ची–१० का वडाध्यक्ष अमृत खनाल, ९ का वडाध्यक्ष किरणदिप खडका, स्थानीयलगायतको सहभागिता थियो। मेलम्ची बजार क्षेत्रको मात्र नभइ तालामाराङ, बाहुनेपाटी, दुवाचौर, भोटेचौरलगायत क्षेत्रको पनि उचित व्यवस्थापन हुनुपर्ने व्यवसायी रामकृष्ण चालिसेले बताए।

नगरपालिकाको उक्त अभियानमा नगर उद्योग वाणिज्य सङ्घले पूर्ण समर्थन जनाएको सङ्घका महासचिव ताराबहादुर बानियाँले जानकारी दिए। संरचना भत्काउने मात्रै नभइ उचित व्यवस्थापन समेत गर्नुपर्ने उनको माग छ।

अतिक्रमित संरचना हटाउँदा सडक फराकिलो हुनुका साथै बजार सुन्दर देखिएको स्थानीयले बताएका छन्। मेलम्ची क्षेत्रमा पार्किङको समस्या रहेको भन्दै यसको उचित व्यवस्थापन हुनुपर्ने स्थानीय विष्णुप्रसाद दुलालले बताए।

यसैबीच, सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका र काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाबीच भगिनीसम्बन्ध स्थापना भएको छ। बनेपामा आयोजित कार्यक्रमकाबीच सम्झौता पत्रमा हस्ताक्षर गर्दै भगिनीसम्बन्ध सुरुवात गरिएको हो।

उक्त कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले पाँचपोखरिको विकासका लागि सहयोग गर्न सधैँ तयार रहेको बताए। पर्यटनको विकास तथा प्रवर्द्धन, अर्गानिक आलु तथा तरकारीको बजार व्यवस्थापनलगायत क्षेत्रमा नगरपालिकाको सधैँ सहयोग रहने उनले प्रतिबद्धता जनाए।

शाक्यले पाँचपोखरीमा आँखा अस्पताल सञ्चालन गर्ने विषय सकारात्मक रहेको भन्दै दुवै पालिकाको हितका लागि सम्बन्ध स्थापना गरेको प्रष्ट पारे।

पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टाँसी लामाले गाउँपालिकालाई समृद्ध बनाउन यो सम्बन्ध उपलब्धिमुलक रहने बताए। काठमाडौँसँग जोडिएको जिल्ला भएर पनि पछि पाँचपोखरीलाई विकसित र समृद्ध बनाउनका लागि भगिनीसम्बन्ध स्थापना गरिएको उनको भनाइ छ।

अध्यक्ष लामाले यो ऐतिहासिक निर्णय गाउँपालिकाको इतिहासमा लेखिएको बताए। उनले आगामी दिनमा साझेदारी गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारीले यो मैत्रीपूर्ण भ्रमणले धेरै कुराको सिकाएको बताए।

कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईंले नगरपालिकामा भइरहेका मुख्यमुख्य कामका बारेमा जानकारी गराए।

त्यस्तै, नगर उपप्रमुख विमला सापकोटाले दुई पालिकाका जनताबीच आपसी सहयोग तथा गहिरो भ्रातृत्वसम्बन्ध र समझदारीलाई प्रवद्र्धन एवं सम्बद्र्धन गर्ने उद्देश्यले भगिनीसम्बन्ध स्थापना गरिएको बताइन्।

आज भएको सम्झौतामा, ‘दुई पालिकाबीचको सम्बन्ध, आपसी हितका सिद्धान्तअनुरूप दुई पालिकाका जनताबीच आर्थिक, व्यपारिक, सांस्कृतिक, प्राविधिक, पर्यावरणा संरक्षण, प्राकृतिक स्रोतको उपयोग र पर्यटन प्रवद्र्धनको क्षेत्रमा संयुक्त रूपमा मैत्रीपूर्ण आदानप्रदान र सहयोग गर्न स्वीकार गर्दछौँ, भनिएको छ।

सम्झौताको भावनालाई कार्यान्वयन गर्न आगामी दिनमा दुई पालिकाबीच विषयगत क्षेत्रका विशेष सम्झौतामार्फत अगाडि बढ्ने, सम्झौता कार्यान्वयनका क्रममा कुनै द्विविधा उपस्थित भएमा आपसी सहमतिमा समाधान गर्नेलगायत कुरा सम्झौता पत्रमा उल्लेख गरिएको छ। दुईवटै पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षले हस्ताक्षर गर्नुभएको सम्झौतापत्र आजैदेखि लागू भएको जनाइएको छ।

प्रकाशित: २०८० फाल्गुण १३ गते आईतबार ०३:२४
प्रतिक्रिया

थप समाचार

व्यापारी गाउँमै पुग्दा स्याउ किसानले पाए राम्रो मूल्य

मुगु: हिमाली जिल्ला मुगुमा पछिल्लो समय स्याउ खेती गर्ने कृषकहरूको सङ्ख्या बढ्दै गएको छ। तर, स्याउ फुल्ने समयमा आएको असिनापानी र हावाहुरीका कारण दाना झर्दा गत वर्षको तुलनामा यो वर्ष उत्पादनमा...

तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै

मुस्ताङ: तिहार बिदाका अवसरमा हिमाली जिल्ला मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ। तिहारको अघि र पछि लामो सरकारी बिदा परेकाले मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्या बढेका हुुन्। यस...

भोटे कुकुर: भेँडा बाख्राका रक्षक, गोठालाका सारथी

म्याग्दी: म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङका हिमबहादुर छन्त्यालको गोठमा पाँच वटा कुकुर छन्। बीस वर्ष संयुक्त अरब इमिरेट्स (युएई) मा रोजगारी गरेर फर्किनुभएका ५० वर्षीय छन्त्यालले...

तिहारका लागि इन्द्रचोक असनमा किनमेल गर्नेहरूको भिड (फोटो)

तिहारको रौनकसँगै काठमाडौंका प्रमुख व्यापारिक केन्द्र असन र इन्द्रचोकमा किनमेल गर्नेहरूको बाक्लो भीड लागेको छ। असन र इन्द्रचोक क्षेत्रमा तिहारका लागि आवश्यक सामग्री खरिद गर्न सर्वसाधारणको...

तिहार कुर्दैन मखमली माला, भदौदेखि नै विदेश निर्यात

तिहार नजिकिएपछि बजारमा फूल तथा मालाको कारोबार बढ्न थाल्छ। तिहारमा विशेषगरी सयपत्री र मखमली फूलको माग बढी हुने गर्छ। चाडपर्वमा हुने मागलाई लक्षित गर्दै काठमाडौं उपत्यकाका किसानहरू मखमली तथा...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना