सुर्खेत माेटरसाइकल दुर्घटना हुँदा सुर्खेतमा १ जनाकाे ज्यान गएकाे छ। आइतबार साँझ सुर्खेतको सिम्तामा मोटरसाइकल दुर्घटना भएकाे हाे।
मृत्यु हुनेमा मोटरसाइकल सवार वीरेन्द्रनगर नगरपालिका–३, एरिचोकका २८ वर्षीय विजय राना रहेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार सल्यानको सल्लीबजारबाट सुर्खेतको गोजी बजारतर्फ जाँदै गरेको बा९५प ५२९६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको भे१त४५ नम्बरको ट्याक्टर एक आपसमा ठोकिएका थिए।
सिम्ता गाउँपालिका–६, जामुनेबजारमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किंदा रानाको मृत्यु भएको र अर्का एकजना गम्भीर घाइते भएका हुन्।


