काठमाडौँ- इन्जिनमा समस्या देखिएपछि त्रिभुवन विमानस्थलबाट विराटनगर उड्न लागेको यति एयरलाइन्सको उडान प्रभावित भएको छ। निर्धारित समय अनुसार ८ः३० मा उड्नु पर्ने विमानको इन्जिनमा समस्या देखिएको हो ।
इन्डिकेसनले प्राविधिक समस्याको सङ्केत गरेपछि धावनमार्गको होल्डिङ क्षेत्रमा पुगिसकेको विमान पुनः ‘पार्किङ वे’मा फर्काइएको हो।
यति एयरलाइन्सको एनवाइटी ७८७ विमान विराटनगर उड्ने तयारीमा थियो।


