काठमाडौँ- क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता धर्मेन्द्र बास्तोला सवारी ज्यान मुद्दामा दोषी ठहर भएका छन्।
जिल्ला अदालत दाङले सवारी ज्यान मुद्दामा बास्तोलालाई दोषी ठहर गर्दै एक वर्ष कैदको फैसला गरेको हो।
आइतबार न्यायाधीश मनोजकुमार श्रीवास्तवको इजलासले सवारी ज्यान मुद्दामा उनलाई दोषी ठहर गर्दै दुई हजार रुपैयाँ जरिमाना गर्नुपर्ने फैसला सुनाएको हो।
गत कात्तिक २ गते सुर्खेत हिँडेका बाँस्तोलाले चलाएको बा ९ च ७१९८ नम्बरको स्कर्पियोले दाङमा रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
घटनामा मोटरसाइकल चालक २९ वर्षीय वसन्तराम चौधरीको मृत्यु भएको थियो।


