काठमाडौं– नेकपा एमालेका सांसद ठाकुर गैरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई व्यवस्था उल्ट्याउन कसले खोज्यो? भनेर प्रश्न गरेका छन्। आइतबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले नयाँ वर्षको दिन माओवादी केन्द्रको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले यो व्यवस्था संकटमा परेको र अहिलेको व्यवस्था उल्ट्याउन खोजिएको अभिव्यक्ति दिएको भन्दै यस्तो प्रश्न गरेका हुन्।
‘नयाँ वर्षको दिन पार्टी कार्यालयमा यो व्यवस्था संकटमा प¥यो, यो उल्टिन लाग्यो भनेर के सन्देश दिन खोज्नुभएको हो?,’ उनले भने, ‘यो सार्वभौम संसद चलिरहेका बेलामा प्रधानमन्त्रीले यो व्यवस्थामाथि संकट आएको हो भने सदनमा आउन पर्यो सदनलाई जानकारी गराउनुपर्छ।’


