२०८३ साउन १३ गते बुधबार

मेयरसँग विद्यार्थीले राखे कक्षाकाेठा, साैचालय र शुद्धपानीकाे समस्या

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण १६
202402280808-97f207ca-6253-4d8c-

दैलेख- नारायण नगरपालिकाले विद्यालयका बालबालिकासँग नगरप्रमुख कार्यक्रम कार्यान्वयनमा ल्याएको छ। विद्यालयमा देखिएका समस्यासँगै बालबालिकाले भोग्दै आएका व्यवहारिक कुरालाई नीतिगतरूपमा समाधान गर्ने उद्देश्यले नगरपालिकाले विद्यालयका बालबालिकासँग नगरप्रमुख कार्यक्रम ल्याएको हो।

नारायण –११ टाटामाखु स्थित रैनादेवी माध्यमिक विद्यालयबाट सञ्चालन गरिएको सो कार्यक्रमको मुख्य ध्येय बालबालिकाले विद्यालयमा भोग्दै आएका समस्या समाधान गर्ने, उनीहरूमा रहेको अन्तर्निहित क्षमताको पहिचान गरी बालबालिकालाई समग्र क्षेत्रमा सहभागी गराई सुन्दर भविष्य निर्माणमा योगदान गर्ने रहेको छ।

सामुदायिक विद्यालयका बालबालिकासँग नगरप्रमुख कार्यक्रममार्फत बालबालिकाहरूले भोग्दै आएका समस्या, स्थानीय सरकारप्रति बालबालिकाको अपेक्षा, विद्यालयमा देखिएका समस्याको नीतिगत तहबाट समाधान र बालबालिकाको मनोबल बढाउनु कार्यक्रमको उद्देश्य रहेको नगरप्रमुख लोमन शर्माले बताए।

स्थानीय सरकार नागरिकका घर नजिकको सरकार भएकाले आम नागरिकले भोग्दै आएका समस्याको पहिचान गरी नीतिगत तवरबाट समाधान गर्नु स्थानीय सरकारको प्रमुख दायित्व हुने उनको भनाइ छ। ‘स्थानीय सरकारसँग जनताका धेरै अपेक्षा छन्। बालबालिकाका समस्या सुन्न यो कार्यक्रम अघि बढाएका हौँ’, नगरप्रमुख शर्माले भने।

विभिन्न विद्यालयमा सञ्चालन हुँदै आएको कार्यक्रममा बालबालिकालाई स्वास्थ्यसम्बन्धी जानकारी दिने गरिएको छ। नगरपालिका स्वास्थ्य शाखा प्रमुख लालबहादुर खड्काको टोलीले विद्यालयमा बालबालिकाले भोग्दै आएका स्वास्थ्य समस्याको खोजी गर्ने गरेको छ। विशेषगरी छात्रालाई कार्यक्रममार्फत प्रशिक्षण दिइने गरिएको उनले बताए।

नारायण–५ सोतमा स्थित महेन्द्र मावि, नारायण–३ मा स्थित नेपाल राष्ट्रिय मावि र नारायण–६ स्थित रहेको सन्त माविमा सञ्चालन गरिएको कार्यक्रममा उपस्थित अधिकांश विद्यार्थीले विद्यालय गुणस्तरीय शिक्षा पाउनबाट आफूहरू बञ्चित हुनुपरेको बताए।

बालबालिकाले विद्यालयमा नयाँ कुरा सिक्ने अवसरबाट आफूहरू बञ्चित हुनुपरेको नगरप्रमुखसँग गुनासो गर्दै यस्ता समस्या समाधानमा स्थानीय सरकारले चासो देखाउनुपर्ने माग गरे। कक्षाकोठा अभाव, शौचालयको समस्या, शुद्ध पिउने पानी अभाव, नयाँ कुरा सिक्नलाई प्रयोगशाला अभावजस्ता समस्याको समाधान कहिलेसम्म हुन्छ जनाउँदै बालबालिकाले नगरप्रमुखलाई प्रश्न गरेका थिए।

बालबालिकाको प्रश्नको जवाफ दिँदै नगरप्रमुख शर्माले बालबालिकाका समस्या नगरपालिकाले सम्बोधन गर्ने जानकारी दिए।
कार्यक्रम पहिलो चरणमा नगरपालिकाभित्रका १२ सामुदायिक विद्यालयमा सञ्चालन हुने नगरपालिका प्रवक्ता जनकप्रसाद न्यौपानेले जानकारी दिए। उनले विद्यालय तहदेखि बालबालिकालाई जागरूक गर्दै लैजान नगरपालिकाले बालबालिकासँग नगरप्रमुख कार्यक्रम नीतिगत तहमा अघि बढाएको बताए।

प्रकाशित: २०८० फाल्गुण १६ गते बुधबार ०८:३४
प्रतिक्रिया

थप समाचार

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति

काठमाडौँ:  आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न विवादपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। बुधबार...

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त पक्राउ

काठमाडौँः बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा प्रवाहमा भएको अनियमिततासम्बन्धी...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना